भर्खरै भारतीय गुप्तचर प्रमुखलाई भेटेका प्रधानमन्त्री ओलीले चुच्चे नक्सा प्रयोग गर्न छोडे

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिम्पियाधुरा, कालापानी, लिपुलेकबिनाको नेपालको नक्सा पृष्टभूमिमा राखेर दशैंको अवसरमा देशवासीलाई शुभकामना दिएका छन् । 

शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरिएको निशान छापमा रहेको नेपालमा नक्सामा चुच्चे नक्सा नेदेखेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना भएको छ । भारतीय गुप्तचर संस्था रअका प्रमुख जस्ता सामान्य व्यक्तिलाई विशेष महत्व दिँदै बालुवाटारमा राति तीन घण्टासम्म भेटेपछि आलोचना खेपिरहेको उनले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साबिना शुभकामना दिएबाट फेरि आलोचित बन्न पुगेका छन् । 

Advertisement

सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट दसैंको शुभकामना सन्देश दिएका ओलीलाई कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा खोइ ? भन्दै जनताले प्रश्न उठाएका छन् । नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक अहिले भारतले कब्जा गरिरहेको छ । सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो । त्यसपछि तीन क्षेत्रलाई नेपालको निशान छापमा रहेको नक्सा संशोधन गर्नका लागि संविधान पनि संशोधन गरिएको थियो । हाल यही नक्सा प्रयोगमा भए पनि प्रधानमन्त्रीले पूरानै नक्सा प्रयोग गर्नु अर्थपूर्ण देखिन्छ । 

Advertisement

Advertisement