महालक्ष्मी लाइफले घोषणा गर्यो पोलिसी बोनस, नयाँ कम्पनीहरुमा पहिलो

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आव २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याङ्कन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ । 

बीमा समितिको कात्तिक २८ गतेको पत्रबाट स्विकृति प्रदान गरे पछि कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/७६ को लागि न्यूनतम रु. ५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो । 

Advertisement

बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्कीय मुल्याङ्कन निर्देशिकामा सो अवधि सम्म जारी पोलिसीको विमाङ्कीय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नु पर्ने हुन्छ ।

महालक्ष्मीले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो । कम्पनीको आगामी विमाङ्कीय मुल्याङ्कन नभए सम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिनेछ । 

बीमा समितिबाट स्वीकृत बोनस यस्तो छः 

 

बीमा योजना

बीमा अवधि

बोनस दर

(प्रति हजार बीमाङ्कमा)

महालक्ष्मी सावधिक जीवन बीमा

५ देखि १५ वर्ष

रु.५०

१६ देखि २५ वर्ष

रु. ५१

२६ देखि ३० वर्ष

रु.५२

महालक्ष्मी सरल जीवन बीमा

५ देखि १५ वर्ष

रु.५०

१६ देखि २५ वर्ष

रु. ५१

२६ देखि ३० वर्ष

रु. ५२

महालक्ष्मी जीवन हेरचार बीमा

५ देखि १५ वर्ष

रु. ५०

१६ देखि २५ वर्ष

रु. ५१

 

Advertisement

Advertisement