प्रचण्डको प्रस्ताव कुण्ठाको संगालोः ओली, दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चुनौति

Advertisement

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावलाई कुण्ठा संगालोको भएको बताएका छन् । 

नेकपाको शनिबार बसेको सचिवालय बैठकमा ओलीले लिखित जवाफ पेश गर्दै प्रचण्डको आलोचना गरेका छन् । प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आएका ओलीले प्रचण्डको प्रस्तावको प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको बताएका छन् । 

Advertisement

साथै, ओलीले आफू दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै प्रचण्डलाई पनि त्यसका लागि तयार हुन चुनौति दिएका छन् । ओलीले प्रचण्डविरुद्धका भ्रष्टाचारका मुद्दाहरुलाई पनि कोट्याउँदै अप्रत्यक्षरुपमा त्यसमा उनी सजायको भागिदार हुनसक्ने चेतावनी दिएका छन् । उनले  भनेका छन्, ‘हो, भ्रष्टाचारका थुप्रै विषय जनस्तरमा चर्चामा छन् । कतिपय विषय सम्बन्धित संवैधानिक अङ्गको टेबुलमा पनि छन् । मान्छेहरुले कतिपयमा तपाइँलाई पनि जोड्ने गरेको देखेको छु ।’

ओलीले पार्टी विधानविपरित बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले । खासै महत्व नदिँदा पनि हुने थियो भन्दै थपेका छन्, ‘तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु ।’

प्रचण्डलाई जवाफ दिँदै ओलीले आफ्नो प्रस्तावको २३ नम्बर बुँदामा भनेका छन्, ‘ुम आज खुल्ला आहृवान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौं ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौं ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’

Advertisement

Advertisement