एनआरएनए कतारले कोरोना पीडित आठ हजारभन्दा बढि नेपालीहरुलाई वितरण गर्यो राहत

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले कोरोना भाइरस (कोभिड १९) पीडित प्रवासी नेपाली कामदारहरुलाई २३औं चरणको राहत वितरण गरेको छ । 

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार २३औं चरणमा ४८९ जनासहित हालसम्म आठ हजार ४२३ जनालाई राहत वितरण गरिसकिएको छ । 

Advertisement

विश्वब्यापीरुपमा देखा परेको करोना कोरोना भाइरस नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको भन्दै उनले यसै क्रममा कतारमा रहेका नेपालीलाई परेको समस्याहरुलाई समाधानका निम्ति क़तार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयद्वारा क़तार चारिटिमार्फ़त प्राप्त ख़ाद्यान, क़तारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त र उद्दार तथा राहत समितिमा आएका ख़ाद्यानको समस्याको विवरण अनुसार एनआरएनए कतारद्वारा गठित उद्दार तथा राहत वितरण समितिले यो राहत वितरण गरेको जनाइएको छ । 

Advertisement

Advertisement