बीमा समूहमा झुम्मिए लगानीकर्ता, नेपाल लाइफको आधा अर्ब बढीको कारोबार

Advertisement

काठमाडौँ । साताको अन्तिम दिन आज शेयर बजारमा बहार छाएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज परिसूचक ३१.८७ अंकले बढेको हो । १.३७ प्रतिशतले बजार बढ्दा परिसूचक २३७४.६४ अंकमा उक्लिएको छ । 

नेप्सेका अनुसार २०९ कम्पनीका १ करोड ८१ लाख ५ हनार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४ सय ३३ रुपियाँ बराबरको कारोबार भयो । 

Advertisement

शेयर बजारमा उछाल आएको दिन बैंकिङ समूह र म्युचुअल फण्ड राताम्मे भए भने बाँकी समूहमा हरियाली छाएको छ । बैंकिङ समूह ३.८३ अंक र म्युचुअल फण्ड ०.०५ अंकले घटेको हो । आज सबैभन्दा बढी निर्जीवन बीमा समूह ५४० अंक र जीवन बीमा समूह ४४३.४३ अंकले बढेका हुन् ।


 
नेप्सेका अनुसार आज सपोर्ट लघुवित्त वित्तीय संस्थाका शेयरधनीहअरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने अरु २२ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत भन्दा बढी कमाएका छन् ।

 

त्यसैगरी नारायणी डेभलपमेण्ट बैंकका शेयरधनीहरुले सबैभन्दा बढी ६.७० प्रतिशतले घाटा ब्यहोरेका छन् । आज पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकै उच्च कारोबार भएको छ  । नेपाल लाइफको ५३ करोड ३३ लाख १२ हजार ४ सय २१ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 


 

Advertisement

Advertisement