एनसीसी बैंकको एजीएमबाट लाभांश पारित, सञ्चालक समितिको अध्यक्षमा उपेन्द्रकेशरी न्यौपाने चयन

Advertisement

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) को  २३औँ वार्षिक साधारण सभा आज बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाडौँमा सम्पन्न भएको छ । उक्त सभामा प्रस्ताव गरिएको १०.२६ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

साधारण सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुगेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा रु. ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ ।

Advertisement

साधारण सभाबाट संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी जम्मा ६ जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरिएको छ । संस्थापक समूहबाट सञ्चालकहरुमा उपेन्द्रकेशरी न्यौपाने, मोहनबहादुर बस्नेत, ईमानसिंह लामा र सर्वसाधारण समूहबाट चन्द्रप्रसाद बास्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान सञ्चालक निर्वाचित भएका हुन् । आजै बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । 

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement