२१ मार्चदेखी २९ मार्चसम्म ‘स्किल वीक’ कार्यक्रम हुँदै

Advertisement

काठमाडौँ । ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रालिको एक अङ्ग)ले गतबर्षझै यसबर्ष ‘स्किल वीक’ कार्यक्रमको नयाँ संस्करण ल्याएको छ । जसले रोजगारको लागि सीपको लागि इकोसिस्टम निर्माणको लागि कडा उद्देश्य राखेको छ । 

के हो स्किल्ल वीक ?
स्किल वीक एक हप्ते कार्यक्रम हो, जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस अध्ययन, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिने छ । 

Advertisement

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक नामक कार्यक्रम २१ मार्च देखी २९  मार्चसम्म सञ्चालन हुँदैछ ।

१८  देखि ३० वर्षकाले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिप बिकासको बारे जानकारी लिन सक्नेछन । यो युवाहरुका लागि एक खुल्ला मन्च हो । सम्पूर्ण आवेदन निशुल्क हुनेछन र युवाहरुले सिपका बिभीन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन । स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्नेछ । 

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ । 
– कला र संस्कृति 
– उद्यमशीलता
– पर्यटन तथा आतीथ्य 
– बिज्ञान तथा प्रबिधि ।  

कार्यक्रमका मुख्य बिशेषताहरुः
छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन, प्रतिस्पर्धा, कार्यशाला, इंटर्नशिप र रोजगार मेला रहेका छन । २१ देखी २९ मार्चसम्मसम्म बिभिन्न संघसंस्थाद्वारा अन्लाईन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ । २७ मार्चमा, इन्टर्नशिप र मिनी रोजगार मेला सोल्टी क्राउन प्लाजाको परिसरमा आयोजना गरी केस स्टडी प्रेजेंटेशनको साथसाथै आयोजना गरिनेछ । 

२९ मार्च, समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२१ नामक भब्य कार्यक्रम सन्चालन गरिनेछ । सी ई वो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो । यो एक फोरम हो जहाँ ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्गदिशा प्रदान गर्न सन्चालन गरिन्छ । स्किल वीक र नाबिल स्किल हीरो अवार्ड २०२० को समापन समारोहमा एक मुख्य नोट स्पीकरको रूपमा, शैक्षिक सुधारक, र दूरदर्शीसोनम वांगचुकको उपस्थिती मा सन्चालन हुन गैरहेको छ । उनकै जिवनमा आधारीत रहेर वहाँको शिक्षाप्रतिको सिद्धन्तलाई आकर्शक रुपमा थ्री इडीयड्स चलचित्रमा दर्शाइएको छ ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम नबिल बैंक सँगको साझेदारिमा सन्चालन हुन गईरहेको हो । पावर्ड पाटनर सीजी पे, रणनीतिक साझेदारः भारतको दूतावास; पि आर पार्टनरः भि चित्र; सोल्टी क्राउन प्लाजा आतिथ्य पार्टनरका रूपमा, एयरलाइन्स पार्टनरका रूपमा टकीर्स एयरलाइन्स र नेपाल एयरलाइन्स, योहो टिभी एचडी टिभी पार्टनरको रूपमा, एप पार्टनरको रूपमा इभेन्ट्समो, नेपाल आइस मनोरन्जन पार्टनर र डिशहोमको रहेका छन । 

Advertisement

Advertisement