१२ लाख ७४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा १२ लाख ७४ हजार १ सय २८.५९ कित्ता बोनस शेयर सूचीकृत भएको छ । दुई जलविद्युत कम्पनी र एक फाइनान्स कम्पनीको उक्त शेयर सूचीकृत भएको हो ।
 
यसैक्रममा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको १ लाख २७ हजार ५ सय ७५ कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

त्यसैगरी श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई ७.३७ प्रतिशत बोनस बापत प्रदान गरेको ६ लाख १० हजार ९ सय ९८.७९ कित्ता शेयर आजै नेप्सेमा सूतीकृत भएको छ । 

Advertisement

यता, आजै ङादी ग्रुप पावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको ५ लाख ३५ हजार ५ सय ५४.८० कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

Advertisement

Advertisement