एक वर्षदेखि थन्किएको फिस्टेल एयर वैशाखदेखि उड्ने, प्रवन्ध निर्देशकको जिम्मेवारी कार्कीलाई

Advertisement

काठमाडौं । कोरोना महामारीका कारण एक वर्षदेखि थन्किएको निजी क्षेत्रको अगुवा हेलिकप्टर फिस्टेल एयर पुनः उडान गर्ने भएको छ । हेलिकप्टर गत वर्ष सन् २०२० को मार्चदेखि थन्किएको थियो । हेलिकप्टर पुनः पुरानै ब्राण्ड फिस्टेलमा फर्किएको र आगामी २ वैशाख २०७७ (१५ अप्रिल २०२१)देखि नियमित उडान गर्ने भएको छ । विकास राणासमूहले गोमा एयर खरिद गरेपछि तत्कालिन फिस्टेल एयरलाई पनि समिट हेलिकप्टर बनाएर उडान गर्ने गरेका थिए ।

नेपालको उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान गर्ने र हाई अल्टिच्यूडमा व्यापार गर्न सिकाउने अगुवा हेलिकप्टर कम्पनी फिस्टेल एअर कोरोनाभाइरस संक्रमण महामारीको कहरका कारण एक वर्षदेखि थला परेको थियो। कोरोना त्रासले नेपालमा पर्यटक आगमन ठप्प भएपछि तीन वटै हेलिकप्टर थन्क्याएर राखेको थियो । अब भने नयाँ प्रवन्ध निर्देशक नियुक्तिसँगै हेलिकप्टर पुनः सञ्चालनमा ल्याउने निर्णय भएको फिस्टेल एयरले जानकारी दिएको छ ।

Advertisement

हेलिकप्टर पुनः उडानको निर्णयसँगै फिस्टेल एयरको प्रवन्ध निर्देशकमा मनोज कार्की नियुक्त भएका छन् । समिट एयरलान्इसकासमेत प्रवन्ध निर्देशक रहेका कार्कीले २३ चैत (सोमबार)देखि नै प्रवन्ध निर्देशक जिम्मेवारी सम्हालेका छन् । कार्कीले फिस्टेल एयरको प्रवन्ध निर्देशकको जिम्मेवारी सम्हालेपछि १४ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका सुमन पाण्डे अब बोर्ड सदस्य मात्रै रहने भएका छन् ।

एअरबस हेलिकप्टरका एएस ३५० बीथ्रीका दुई वटा र बेल २०६ नामको एक गरी तीन वटा हेलिकप्टर रहेको फिस्टेलले ११ चैतमा सरकारले गरेको बन्दाबन्दीपछि पुनः उडान गरेको थिएन् । उडान नहुँदा फिस्टेलसँग जोडिएका करीब ६० जनाको रोजगारी समेत खोसिएको थियो ।

फिस्टेल एयरका अनुसार कार्की समूहकोसमेत लगानी रहेको छ भने उनले सक्रिय जिम्मवारी सम्हाले भएपनि आफू बोर्डमा मात्रै बस्ने पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार कार्कीले फिस्टेलको जिम्मेवारी लिएसँगै यो हेलिकप्टरले पुनः व्यवसायिक उडान गरेर नयाँ उचाई लिने बताए ।

फिस्टेलका प्रवन्ध निर्देशक कार्कीका अनुसार एक वर्षदेखि थन्किएका तीनवटा हेलिमध्ये दुईवटा वैशाखदेखि नै उडाने र त्यसपछि अनुकुल समय निर्धारण गरेर अर्को पनि उडान गर्ने योजना तयार पारिएको बताए । कार्कीका अनुसार अहिले नै तीनवटै हेलि सञ्चालन योग्य भएको भएपनि कोरोना महमारीका कारण पर्यटक आगमन नहुँदा हेलिको व्यवसाय खुम्चिएको छ । हेलिको सुरुवात गर्ने भएपछि बजार विस्तारका योजनालाई पनि विस्तारै अगाडि बढाउँदै जाने रणनीति बनेको पनि कार्कीले बताए । 
 

Advertisement

Advertisement