सस्तियो रियलमी सी १५ को फोनको मूल्य

Advertisement

काठमाडौँ । रियलमीको सी १५ फोनको मूल्य घटेको छ । उक्त मोबाएलमा अल्ट्रा–लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषता रहेका छन् । पहिलोपटक १८ वाटमा पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्रीको एकीकृत प्रयोग गरिएको रियलमीसी १५ अब नेपालीबजारमामात्र रु १८हजार ५९० मा उपलब्ध छ । 

यसबाहेक रियलमी सी–१५ माजियोमेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६.५ इन्चको एलसीडी फुलस्क्रिनका साथ अल्ट्रावाइड क्वाड ४ वटा लेन्स भएको क्यामेराको विशेषता रहेको छ, जसले रियलमीको ‘चुनौतीदेखि उन्नति’सम्मको नारालाई युवापिढी माझ थप सशक्त र स्मृति योग्य बनाउनुका साथै स्मार्टफोनको क्षेत्रमा नयाँ ट्रेन्ड उपस्थिति जनाएको छ ।

Advertisement

रियलमीविश्वभरका ७ करोड स्मार्टफोन प्रयोगकर्ताको सूचिमा ७औँ स्थानमा पर्दछ र अहिले सबैभन्दा तीव्र रुपमा विश्वमा बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड हो । 
 

Advertisement

Advertisement