बैंकका ग्राहकले अब आफ्नो ठेगानाका लागि नक्सा कोर्नुनपर्ने, घरसम्मको पहिचान गुगल म्यापबाटै

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक वित्तीय संस्थालाई अनिवार्यरूपमा गुगल म्यापको प्रयोग गरेर ग्राहकको ठेगाना संकलन गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले इजाजत प्राप्त सबै बैंक वित्तीय संस्थालाई ग्राहकले हातले नक्सा कोरेर ठेगाना राख्ने स्थानमा अब गुगल प्लस कोड राखेर ठेगाना अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिदिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो व्यवस्थापन सूचना प्रणाली तथा सेवाग्राहीको ठेगानामा प्लस कोड राखेर अद्यावधिक गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ । यस्तो व्यवस्थाका लागि राष्ट्र बैंकले १३ वैशाखदेखि नै लागू हुने गरी ‘हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य सञ्चालन प्रक्रिया २०७७’ जारी गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकारअनुसार उक्त निर्देशन जारी गरेको हो ।

Advertisement

यो सेवाबाट हुलाक कार्यालयको विद्यमान पोस्टल कोड पद्दतीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने राष्ट्र बैंकको तर्क छ । यो सेवाबाट व्यक्ति, संस्था, सार्वजनिक निकायसहितको घर ठेगाना पत्ता लगाउन सहयोग हुनेछ । यस्तो सेवाबाट कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो स्थान वा कार्यालयको नाम गुगुल म्यापमा खोज्ने र त्यसलाई गुगल म्यापमा आउने सानो निलो स्थानमा क्लिक गरेपछि ६ अंकको कोड मोबाइलमै आउने छ । त्यो नै गुगल प्लस कोड हो । यसले लोकेसन सजिलै पत्ता लाग्ने र हुलाका ठेगानाको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ ।

निर्देशिकाले गुगल प्लस कोड प्रयोगबाट राज्यका सबै हुलाक सेवा प्रदान गर्ने कार्यालयहरुले गुगल प्लस कोड पद्दतीअनुसार विद्युतीय माध्यमबाट पनि प्रापकको यकिन ठेगाना पहिचान हुनेछ । सम्बन्धित संस्थाले यसको जानकारी निलो प्लेटमा सेतो अक्षरले टाढैबाट देखिनेगरी राख्नुपर्नेसहितको निर्देशन राष्ट्र बैंकले दिएको छ । 

यस्तो छ कार्यविधि 


 

Advertisement

Advertisement