प्रुडेन्सियलको सभाले पास गर्यो आठ प्रतिशत बोनस सेयर

Advertisement

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा आइतबार बाराको सिमरामा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट आठ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साविक एक अर्ब दुई करोड  ६४ लाख ३२ हजार चुक्ता पूँजीबाट बोनश शेयर पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपियाँ हुनेछ ।

Advertisement

साथै सभाले संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालकहरु शैलेष संघई  र अनिता रायमाझी टण्डनलाई निर्विरोध निर्वाचित गरेको छ । 

Advertisement

Advertisement