नेपाल चेम्बरद्वारा बाढी पीडितलाई राहत सामग्री हस्तान्तरण

Advertisement

काठमाडौँ । वाढीपहिरोले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा जनधनको  क्षती पुर्याइ त्यस क्षेत्रका वासिन्दाहरु घरवारबिहीन हुन पुगेकाले नेपाल चेम्वर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले गहिरो दुःख व्यक्त गरेका छन् । 

यसै सिलसिलामा सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पिडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्रीको रुपमा त्रिपाल, चामल, नून, चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ । 

Advertisement

उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढीपीडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई अध्यक्ष मल्लले हस्तान्तरण गरे । 

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल उपाध्यक्षद्वय दीपककुमार मल्होत्रा तथा सुरेन्द्रकुमार श्रेष्ठको उपस्थिति थियो ।
 

Advertisement

Advertisement