हवाई यात्रुलाई इन्धन शुल्क मिनेटकै ४५ रुपियाँ, प्रति घण्टा २६८० रुपियाँ तिर्नैपर्ने

Advertisement

काठमाडौं । हवाई जहाज प्रयोग गरेर यात्रा गर्नुपर्ने यात्रुले हरेक मिनेटकै ४४ रुपियाँ ६८ पैसा इन्धन शुल्कबापत तिर्नैपर्ने भएको छ । वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यसँग हरेक यात्रुले तिर्नुपर्ने प्रति मिनेटदेखि हरेक घण्टाको औषत इन्धन शुल्क तय गरेको छ ।

यस्तो शुल्क अनुसार सहरी क्षेत्रका विमानस्थल प्रयोग गर्ने हवाई यात्रुले तिर्नुपर्ने औषत हवाई इन्धनको हिसाव गर्दा हरेक सिटको लागत प्रति मिनेट प्रति यात्रु ४४.६८ पैसा तय भएको वायुसेवा सञ्चालक संघले कर्पोरेट नेपाललाई उपलब्ध गराएको एक तथ्यांकमा उल्लेख छ । यस्तो शुल्क सुगम गन्तव्य मानिने सहरी क्षेत्रका विमानस्थल (ट्रङ्क सेक्टर) र छोटो दूरीको उडान तथा अवतरण (स्टल सेक्टर)लाई आधार बनाएर तय गरको संघले जानकारी दिएको छ ।

Advertisement

संघले हवाई भाडामा इन्धनको लागत तयार गरेर यस्तो तथ्य सार्वजनिक गरेको हो । संघका अनुसार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटिर ८४ रुपैयाँ पुुगेपछि २५ असारबाटै लागू हुने गरी यस्तो इन्धन लागत तयार पारेको हो ।

यस्तो लगात सहरी क्षेत्रका विमानस्थलमा हरेक सिटमा बस्ने प्रति यात्रुले इन्धन शुल्कवापत प्रति घण्टा २६८०.८९ रुपैयाँ तय भएको छ । यस्तो शुल्कमा जेटस्ट्रीम जहाजले प्रतिघण्टा ८०० र एटीआर ४२–३२० ले खपत गर्ने ९०० लिटर प्रतिघण्टा इन्धनको मूल्यका अधारमा तय भएको हो । यस्तो तथ्यांक अनुसार जेटस्ट्रीम जहाजले प्रतिघण्टा ६७ हजार २०० रुपियाँ र एटीआरले ७५ हजार ६० रुपियाँको इन्धन हरेक घण्टा खपत गर्ने पनि उल्लेख छ ।

यस्तो हवाई इन्धनवापत खपत हुने शुल्क ट्वीनअटर जहाजले भने प्रति मिनेट ३१.९२ रुपियाँ मात्रै हुने गरेको छ । नेपाल आयल निगमले आन्तरिक उडानका जहाजले प्रयोग गर्ने हवाई इन्धनको मूल्य शुक्रबारदेखि लागू हुने गरी बढाएपछि वायुसेवाले नयाँ हवाई इन्धनलाई नै आधार बनाएर प्रति यात्रु इन्धनमा तिर्नुपर्ने औषत शुल्क तय गरेको हो । सोही शुल्कका आधारमा वायुसेवा कम्पनीहरूले इन्धनवापतको शुल्कका रूपमा हवाई भाडा पनि बढाउने गरेका छन् ।

धनगढीमा सबैभन्दा बढी शुल्क लाग्ने 
यस्तो हवाई इन्धनको शुल्क उडान गन्तव्य अनुसार तय गरेको छ । यस्तो शुल्क सबैभन्दा बढी धनगढीको उडानमा प्रति यात्रु प्रति मिनेट ८३.०९ रुपियाँ रहेको छ । काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य भएको र हवाई भाडा पनि अन्य गन्तव्यको तुलनामा यही गन्तव्यमा बढी भएकोले यसको इन्धन शुल्कवापतको रकम पनि अन्यको तुलनामा धेरै भएको हो । यस्तो शल्क सुगम हवाई उडानका गन्तव्यमध्ये सबैभन्दा कम काठमाडौं भरतपुरमा रहेको छ । यो गन्तव्यमा जम्मा प्रतिमिनेट २० रुपियाँ १७ पैसा छ ।

Advertisement

Advertisement