टोकियो ओलम्पिकमा सहभागी हुने टोलीलाई राष्ट्रपतिले गरिन् बिदाइ

Advertisement

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा उहाँले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गरेकी हुन् । 

सो अवसरमा उनले नेपाली टोलीको सेफ द मिसन रहनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरे । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र  चार प्रशिक्षकसहित २६ सदस्सीय टोलीले सहभागिता जनाउने छ । 

Advertisement

टोकियो ओलम्पिकमा पौडीमा गौरिका सिंह र  एलेक्स शाह, एथलेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् ।  सिंह दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् । अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी बन्दै छन् ।  सिंहले पहिलो पटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । 

नेपालमा आयोजित १३औँ दक्षिण एसियाली खेलकूद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गरेकी थिइन् । सिंहले महिला १०० सय मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।  

यसैगरी परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउने छन् । टोकियो ओलम्पिकमा प्रशिक्षकमा पौडीका शङ्कर कार्की, सुटिङमा असिम यादव, जुडोमा सूर्यनारायण श्रेष्ठ र एथलेटिक्समा इन्द्रकुमारी मल्लको सहभागिता रहनेछ । ओलम्पिकको उद्घाटन समारोहमा  सिंह र  शाहले संयुक्त रुपमा नेपालको झण्डा बोक्नेछन् । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।   

Advertisement

Advertisement