आज (साउन १३)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, सेयर कारोबार ?

Advertisement

आज २०७८ साल श्रावण महिनाको १३ गते बुधबार, श्रावण कृष्णपक्षको पञ्चमी तिथि । 

मेष 
ब्यापार व्यवसायमा सफलता प्राप्त हुने छ । सेवा क्षेत्रमा रहनेहरुले पनि पेशागत जीवनमा मानसम्मान तथा पदोन्नतिको वातावरण बन्ने छ । नतृत्व गर्ने अवसर प्राप्त हुने छ । न्याय, प्रशासन तथा ठेक्कापट्टामा सक्रियहरुको हकमा शुभ समय रहेको छ । शेयर कारोवार सकारात्मक देखिन्छ । 

Advertisement

वृष 
धन सम्पत्तिको सहि सदुपयोग हुने छ, जसले पारिवारिक जीवनमा खुशीको वातावरण आउने छ । साझेदारीमा गरिएका कार्यहरुमा समस्याहरु देखा पर्ने छन् । शेयर कारोवारमा अत्याधिक उत्साह देखा पर्ने छ । तर धेरै महत्वाकांक्षासहित भन्दा विचार गरेर मात्र शेयर कारोवारमा जानु पर्ने समय रहेको छ । 

मिथुन 
मनोबलमा पनि बृद्धि हुने छ तर रिस कडा हुन जाँदा मिजासपनामा भने कमि आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवन तथा ब्यापार विजनेशमा बनाइएका योजनाहरु पुरा हुन अलि समय लाग्ने छ अर्थात ढिलाई हुने छ ।  शेयर क्षेत्र औसत प्रकृतिको रहने छ । 

कर्कट
कर्मको साथ रहने भएकाले पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । सम्मानित हुने अवसर प्राप्त हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुको आम्दानी बढ्ने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी आदी क्षेत्रमा संलग्नहरुले लाभ आर्जन गर्ने छन् । शेयर क्षेत्रमा लगानी गर्न संयमित भई पाइला चाल्नु पर्ने देखिन्छ ।  

सिंह
भाग्यले साथ दिने छ । धन धान्य तथा फाइनान्सियल अवस्थामा बृद्धि हुने छ । आफ्नो मेहनतबाट सन्तोष मिल्ने छ । मार्केटिक तथा ब्राण्डिङ्गमा सफलता मिल्ने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउने छन् । शेयर बजार अनुकुल रहने छ । 

कन्या
कर्मशिलता बढ्ने छ । तर कार्यालय तथा ब्यवसायमा प्राप्त जिम्मेबारी राम्रोसँग निभाउन नसक्दा विश्वासमा कमि आउने छ । आफू भन्दा माथिका हाकिमहरुसँग बादविवाद बढ्न पुग्ने भएकाले संयमित रहँदा उपयुक्त हुने छ । शेयर क्षेत्रमा संयमताको खाँचो देखिन्छ । 

तुला 
पारीवारिक जीवनमा तनाब उत्पन्न हुने छ, भने पैतृक सम्पत्तिका विषयलाई लिएर मनमुटाब बढ्ने छ । पेट्रोलियम पदार्थ, खानि, फलाम, भाडाका सवारीसाधन सेवा, कल कारखानाजन्य क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । शेयर कारोवारमा विचार गरेर मात्र अघि बढ्नु होला, प्राप्त गर्ने भन्दा गुमाउने बढि हुने अवस्था निम्तिने देखिन्छ । 

वृश्चिक
नकारात्मक विचारले सताउला । अन्योलता बढ्न जाँदा दुविधात्मक ब्यक्तित्व देखा पर्ने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा समस्या आउने भएकाले निकै सतर्क रहनु पर्नेछ । दोषारोपण खेप्नु पर्ने छ । दैनिक ज्याला समयमा प्राप्त नहुने चुनौति हुन जाने छ । शेयर क्षेत्रमा जोखिपूर्ण अवस्था बढि रहेको देखिन्छ । 

धनु 
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । भाग्यको साथ रहने भएकाले उन्नति प्रगति हुन पुग्ने छ । पैतृक सम्पत्तिका विषयमा देखा परेका विवाद, मुद्धामामिला सुल्झने तर्फ अघि बढ्ने छ । विदेश सेटलमेण्टमा भने समस्या दखिन पुग्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

मकर 
ब्यक्तित्वमा निखारता आउने भएता पनि रिस नियन्त्रण गर्न नसके अत्याधिक रुखो व्यक्तित्व बन्ने खतरा रहेकाले विचार पु¥याउनु होला । सेवा क्षेत्रमा संलग्नहरुलाई फाईदा पुग्ने छ । विज्ञान, सूचना, प्रविधि तथा सर्जिकल क्षेत्रमा संलग्न व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । शेयर बजारमा धेरै जोखिमपूर्ण भन्दा सामान्य संलग्नता नै ठिक हुने देखिन्छ । 

कुम्भ 
जीवनसाथिको साथले मेहनत र पराक्रमी बन्ने दृढता पलाउने छ । प्रेस, पब्लिकेशन, पत्रकारिता, विद्यालय, कलेज आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । अन्यको हकमा भने पेशागत जीवनमा समस्याहरु देखा पर्न जाने छ । निर्णय क्षमतामा कमि आउने हुँदा शेयर कारोवारमा सही निर्णय लिन जटिल हुने देखिन्छ । 

मीन
पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने छ । मेहनतको कदर हुने छैन, मेहनत खेर जाने छ । यस्तो अवस्थाले मनमा निराशा उत्पन्न गराउने छ । धन सम्पत्ति तथा वित्तिय विषयमा कटुता बढ्न पुग्ने छ । परिवारका सदस्यबीच यस विषयमा तिक्तता उत्पन्न हुने छ । श्रम क्षेत्रमा संलग्नहरुको हकमा समय औसत रहने छ । शेयर क्षेत्र पनि औसत रहन पुग्ने छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०) 

Advertisement

Advertisement