नेपाली बजारमा नौलो ‘बाइक’ प्रवेश, युवाहरूको चासो र आकर्षण बढ्दै

Advertisement

काठमाडौं । ‘एसवाईएम’ मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता केजी इन्टरकन्टिनेन्टल प्राईभेट लिमिटेडले  ‘एसवाईएम’ ब्राण्डको मोटरसाइकल भित्राएको छ । दुई सय सीसीको यो बाईकमा पहिलो सय जना ग्राहकलाई आकर्षक अफर प्रदान गरिएको छ । 

‘एसवाईएम’ बाइक केही दिनभित्र औपचारिकरुपमा नेपालमा बिक्री शुभारम्भ हुँदैछ । यो मोटरसाइकल चार आकर्षक रंगहरूमा उपलब्ध छन् । ग्राहकले आफ्नो इच्छाअनुसार रातो, नीलो, खैरो र कालोमध्ये एउटा रंगको छनौट गर्न सक्छन् ।

Advertisement

केजी इन्टरकन्टिनेन्टल प्राईभेट लिमिटेडकी जीएम (महाप्रवन्धक) प्रमिला खत्रीले कर्पोरेट नेपालसँग भनिन्, ‘अहिले ‘एसवाईएम’को मूल्य पाँच लाख ४८ हजार ८८८ रूपियाँ छ । यो योजना सीमित समयको लागि मात्रै हो । सुरूमा किन्ने पहिलो सय जना ग्राहकले यो सुविधा पाउन सक्नुहुनेछ । अफरपछि बाइकको मूल्य छ लाख रूपियाँ नै पर्न जान्छ ।’ विगत १५ वर्षदेखी नेपाली अटो क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ ।

कम्पनीले ‘एसवाईएम’ ब्राण्ड नेपालकैलागि पहिलो रहेको जानकारी दिएको छ । युवा वर्गलाई लक्षित गरेर ल्याइएको ‘एसवाईएम’तर्फ युवाहरूको चासो र आकर्षण बढ्दै गएको छ ।

‘एसवाईएम’ नै किन ?
‘एसवाईएम’ मोटरसाइकलमा अगाडि पछाडि दुवैतिर डिस्क्स ब्रेक रहेको छ डबल च्यानल एभीएस पनि छ । यो मोटरसाइकल शहरी क्षेत्रमा नभई ग्रामिण क्षेत्रमा पनि चलाउन धेरै सहज हुन्छ ।

यसमा रहेको अर्को महत्वपूर्ण विशेषता भनेको इन्जिन कुलिङ सिस्टम हो । ‘एसवाईएम’मा ईएफआई इन्जिन रहेको छ । नेपालीहरूको सरदर उचाईलाई सुहाउने यो मोटरसाइकल हरेक उचाईका ग्राहकले चढ्न सक्छन् ।

‘एसवाईएम’को सिट हाईट आठ दशमलव १० एमएम रहेको छ । शहरी क्षेत्रमा ३५ देखि ४० किलोमिटर माइलेज दिने यस मोटरसाइकलमा साढे ११ लिटर क्षमताको फ्युल ट्यांक रहेको छ ।

अफरोड र पिच रोड दुवै सडकलाई सुहाउने डुयल पर्जोज ग्रिप रहेकाले ‘एसवाईएम’ गुडाउन निकै सहज हुने खत्रीको दावी छ । काठमाडौंको कमलपोखरीमा कम्पनीको स्वरूम रहेको छ । त्यस्तै, सर्भिस सेन्टर संखुवासभा, इलाममा, काठमाडौंको (टेकू, चावहिल, कमलपोखरी) मा पनि रहेका छन् । छिट्टै बनेपामा पनि स्वरूम बिस्तार गर्ने कम्पनीको योजना रहेको छ । 

बिक्रीपछिको सेवा 
केजी इन्टरप्राइजेजले यस मोटरसाइकलमा बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस)मा कुनै समस्या नरहेको बताएको छ । कम्पनीले सर्भिसिङका लागि मोवाइल सर्भिस दिने पनि जनाएको छ । तत्कालका लागि भने कम्पनीले अहिले चार ठाउँमा सर्भिस सेन्टर स्थापना गरेको छ ।  ‘एसवाईएम’को अर्को महत्वपूर्ण पक्ष भनेको यसको स्पियर पार्टस् निकै सस्तो हुनु पनि हो । जीएम खत्रीका अनुसार यस बाइकको स्पियर पार्टस अरुको तुलनामा सस्तो छ । त्यस्तै, यसको सर्भिसिङ एक हजार पाँचसयदेखि दुई हजार रुपियाँसम्ममा गर्न सकिन्छ । 

एक्सचेञ्ज अफर 
कुनै पनि कम्पनीको मोटरसाइकल ‘एसवाईएम’ ब्राण्डसँग एक्सचेञ्ज गर्न मिल्ने सुविधा कम्पनीले ल्याएको छ । एक्सचेञ्ज गर्दा बजार भाउँभन्दा राम्रो भ्यालु दिने जनाइएको छ । 

ग्राहकलाई सन्देश
‘एसवाईएम’ ब्राण्डको मोटरसाइकल किन्दा ग्राहकले स्पियर पार्टस र सर्भिसमा ढुक्क भएर किन्न सक्टछन् । जीएम खत्री भन्छिन्, ‘कम्पनीले ल्याएको सुविधाबाट लाभ लिन म सबैलाई अनुरोध गर्छु ।’ 

‘एसवाईएम’  एडभेन्चर्सका लागि चढिने मोटरसाइकल रहेकाले यो मोटरसाइकल ‘सेकेण्ड बायर’ (दोस्रो पटक किन्ने)का लागि उपयुक्त हुने कम्पनीको भनाई छ । 

Advertisement

Advertisement