भुक्तानी नपाएपछि उखु किसान फेरि काठमाडौं आए, भदौ ५ सम्मको अल्टिमेटम

Advertisement

काठमाडौं । उखु किसानहरुले भुक्तानी नपाएपछि फेरि काठमाडौं आएका छन् । उनीहरूले भदौ ५ गतेसम्म आफूहरूले भुक्तानी नपाए त्यसपछि आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । 

उद्योगी र सरकारलाई अल्टिमेटम दिँदै उखु किसानले भदौ ५ गतेको समय दिएका हुन् । आफ्ना माग पूरा नभएपछि उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय, राष्ट्रिय कृषि श्रमिक संघका सचिव गोपाल यादव, किसान रामविलास महतोलगायत काठमाडौं आएर आन्दोलन गरेका हुन् । 

Advertisement

उनीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै माग पूरा गराउन सरकार र उद्योगीको ध्यानाकर्षण गराए । कोरोना भाइरस (कोभिड)का कारण तत्काल आन्दोलन नगर्ने र सरकारलाई दबाव दिने उनीहरूको भनाई छ । भदौ ५ सम्म पनि भुक्तानी नपाए त्यसपछि भने बाध्य भएर विरोध प्रदर्शनमा उत्रिने चेतावनी दिएका छन् ।

Advertisement

Advertisement