नेबिकोको ५७औं स्थापना दिवसमा बालाजु र गौरिघाटमा आउटलेट उद्घाटन

Advertisement

काठमाडौँ । नेबिको बिस्कुटले आफ्नो ५७औं स्थापना दिवस मनाएको छ । यसले सन् १९६४ देखि निरन्तर रुपमा नेपालका हरेक कुनाकाप्चामा सेवा दिँदै आएको छ ।

सेवालाई अझ विस्तार गर्नका लागि नेबिकोले नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट उद्घाटन गरेको हो । सो उद्घाटन नेबिको प्रालिका जेनेरल म्यानेजर केशव भट्टराई‚ कार्यकारी निर्देशक राजेश रौनियारले संयुक्त रुपमा गरेका हुन् । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सोही आउटलेटबाट सेवा दिने कम्पनीले जानकारी गराएको छ । ओपेनिङ छुट ३०% सम्म रहने छ ।

Advertisement

यी फ्याक्ट्री आउटलेटहरू सोहि स्थानका उपभोक्ताहरूलेउत्पादनहरूको प्रत्यक्ष लाभ उठाउन सक्ने कम्पनीले दाबी गरेको छ । हाल नेबिकोले बिस्कुट‚ प्रिमियम कुकीज‚ चकलेट (क्यान्डिज्), मकैको फ्लेक्स (कर्न फ्लेक्स, चोकोस, ओट्स आदिको बिक्रीवितरण गरिरहेको छ ।

यही अवसरमा नेबिकोले ५७ वर्षसम्म निरन्तर साथ र सहयोग गर्दै आएकोमा आफ्ना ग्राहकप्रति आभार व्यक्त गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा पनि उल्लेख्य योगदान पुर्याउनुका साथै नेपालभर गुणस्तरीय खाद्य उत्पादनहरूमा जोड दिँदै अझै धेरै वर्षहरू उत्सवमय मनाउने विश्वास लिएको कम्पनीले बताएको छ ।
 

Advertisement

Advertisement