नेक्सन इभी किन्ने ग्राहकले २४ घण्टाभित्रै ८० प्रतिशतसम्म सहुलियतपूर्ण कर्जा पाउने

Advertisement

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी  ट्रेडिङ  प्रालि र एनएमबि बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंकको नेपालभरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । 

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंकको नेपालभरीका शाखाहरु मार्फत कर्जा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशतसम्म फाईनान्सको सुविधा उपलब्ध गराउनेछ । 

Advertisement

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैंकका तर्फबाट व्यापार तथा रणनीति प्रमुख  अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् । टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीति अनुसार ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाइएको छ । 

Advertisement

Advertisement