आरसी कोलाका उत्पादन अब नेपालमा पनि, कोकाकोलालाई उछिन्ने योजना

Advertisement

हल्का पेय पदार्थ आरसी कोलाका उत्पादन अब नेपालमा पनि उपलब्ध भएको छ । भेञ्चुरा बोटलर्स प्रालिले आइतबार एक कार्यक्रम गरी यसको नेपालमा बिक्री सुरु गरेको हो । यस हल्का कार्बोनेटेड पेय पदार्थका माही रेन, आरसी क्यू लेमान लाइम, आरसी क्यू ओरेन्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर बजारमा उपलब्ध हुने छन् । 

आरसी कोलाका उत्पादनहरू नेपालका सबै खुद्रा पसलमा पनि किन्न पाइन्छ । नेपाली बजारमा एकाधिकार जस्तै कायम गर्दै आएको कोकाकोलालाई उछिन्ने रणनीतिका साथ आएको आरसी कोलाले आफ्नो बजार विस्तारलाई आक्रामकरुपमा अघि बढाउने बताएको छ । 

Advertisement

आरसी कोला पूरानो र चिरपरिचित अमेरिकी छवी र वर्तमानको अनुभूतिसहितको अमेरिकाको मौलिक कोला भएको बताउँदै कम्पनीले यसको उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरिने जानकारी दिएको छ । 

मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकी प्रविधिबाट नै आर कोलाको उत्पादन हुने छ । सन् १९०५ मा अमेरिकाबाट सुरु भएको यसको उत्पादनले विश्वका धेरैको मन जितेको कम्पनीका अधिकारीहरूको भनाई छ । 

Advertisement

Advertisement