आज (भदौ २७)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, सेयर कारोबार ?

Advertisement

आज २०७८ साल भाद्र महिनाको २७ गते आइतबार, भाद्र शुक्लपक्षको षष्ठी तिथि । 

मेष
मनमा दृढता आउने भएकाले अन्योलताले सताउने छैन् । परिवारमा समर्पित हुने स्वाभावमा बृद्धि हुने छ । बाणिमा भने अलि कडापन आउने भएकाले यसबारेमा संयमित रहनु होला । समय अनुकुल चलिरहेकाले शुभता बृद्धि हुने छ । पेशा ब्यवसायमा पनि सकारात्मकता बृद्धि हुने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

Advertisement

वृष 
दृढ खालको ब्यक्तित्व बन्ने छ । मेहनत र पराक्रमी ढंगले काममा मन लाग्ने भएकाले अरुले हेप्न सक्ने छैनन् । पेशागत जीवन र ब्यवसायमा सकारात्मक अवस्था रहेको छ । साझेदारीमा गरिएका कामहरुमा भने केही अन्योलता देखा पर्ने भएकाले ध्यान दिनु होला । शेयर बजार अनुकुल रहने छ । 

मिथुन 
परिवारमा प्रेम, शितलता र शान्ति सृजना हुने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । आम्दानीमा हुने साथले केही दृढता दिने छ । बोलीमा मधुरता सृजना हुने छ । तर रिस छिटो–छिटो उठ्ने भएकाले संयमित हुनु होला । दृढताको अभाव हुने छ भने आत्मबलमा पनि केही कमि आउने छ । शेयर बजार अनुकुल रहने छैन् ।

कर्कट
मनमा दृढता आउने छ । नरम खाले ब्यक्तित्व बन्ने छ । अरुले सितलता महशुस गर्ने छन् । पेशागत जीवनमा भने कठिनाईको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा केही कडापनको विकास भएता पनि एकअर्कामा साथ पाइने छ । भाग्यहिनताले गर्दा कार्य सफलतामा ढिलाई हुने छ । शेयर बजार औसत रहने छ । 

सिंह
कर्मप्रति केन्द्रित हुने समय रहेको छ । कार्यालयका कामहरुमा मन लाग्ने छ । ब्यवसाय क्षेत्रमा पनि सकारात्मकता संकेतहरु देखिन्छ । तर मनमा भने किै उदासिनता बढ्न जाने छ । निर्णय क्षमतामा ह्रास आउने भएकाले ध्यान दिनु होला । साझेदारीमा गरिएका कामहरुमा अबरोधहरु आउने छन् । शेयर बजार केही अनुकुल रहने छ ।

कन्या
कमाईप्रति मन केन्द्रीत हुने छ । आम्दानीमा बृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले समय सकारात्मक बन्न पुगेको छ । पेशागत जीवनमा केही अवरोधहरु आउने छन्, बादबिबाद हुने देखिएकाले संयमित रहनु होला । साझेदारीमा गरिएका कामहरुमा भने टकराव उत्पन्न हुने छ । शेयर बजार औसत रहने छ । 

तुला 
जीवन साथि र परिवारका सदस्यहरुको साथले भाग्योदय हुने भएकाले उनीहरुको साथ लिएर काम गर्नु भएमा सफलता प्राप्त हुने छ । पेशागत जीवनमा सन्तोष प्राप्त हुने छ । नेतत्व क्षमतामा भने गिरावट आउने भएकाले अरुले हेप्ने छन् । अन्योल खाले ब्यक्तित्व हुन जाने छ । शेयर बजार अनुकुल रहने छैन् । 

वृश्चिक
भविष्यको चिन्ताले आवश्यकता भन्दा बढि चिन्ता बढाई दिने भएकाले वर्तमानलाई बलियो बनाउनेतर्फ ध्यान दिनु होला । भाग्यको साथ रहेकाले कठिनाईसँग जुध्न तागत मिल्ने छ । तर मनमा भने अलि नकारात्मक चिन्ताले सताउँने छ । शारीरिक कमजोरी देखा पर्ने छ । मनोबलको कमि हुन जाने भएकाले दृढताको अभाव हुने छ । शेयर बजारमा धेरै उत्साही हुने समय रहेको छैन् । 

धनु 
चिसोले अत्याधिक सताउने भएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने र बादबिबाद चर्किने छ । मनमा खिन्नताको मात्रा बढ्ने छ, यसले गर्दा मनोबल कमजोर हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि भनाभनको अवस्था आउने छ । कार्यालय तथा कार्यक्षेत्रबाट पारिश्रमिक पाउन जुध्नु पर्ने छ । शेयर बजार औसत अवस्थाबाट गुज्रने छ । 

मकर 
परिवारमा मिलन हुने छ । मनमा शान्तिको आभाष आउने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा भने केही गिरावट देखा पर्ने छ । दृढ खाले ब्यक्ति हँदा हुँदै पनि रिस धेरै उठ्ने भएकाले यसबारेमा संयमित रहनु पर्ने छ । शेयर बजार औसतमा केही सकारात्मक रहने छ । 

कुम्भ 
कुनै पनि विषयमा सँग सँगै धेरै विचारहरु आउने भएकाले अत्याधिक अन्योलता देखा पर्ने छ । मनमा दुविधाले सताउने छ । आम्दानीमा भने बृद्धि हुने भएकाले केही सन्तोष मिल्ने छ । बौद्धिकतामा पनि सकारात्मक लाभ प्राप्त हुने छ । उद्योग ब्यवसायमा श्रम समस्या देखा पर्ने छ । शेयर बजार अनुकुल रहेको छ । 

मीन
चलाख खालको दिमाग हुने भएकाले चतुरता बृद्धि हुने छ । अध्ययन अध्यापनमा मन जाने र बौद्धिक क्षेत्रमा उन्नति हुने छ । दुविधात्मक ब्यक्तित्व हुने भएकाले अरुले अन्योलग्रस्त व्यक्तिका रुपमा चित्रण गर्ने छन् । आम्दानीमा केही बृद्धि हुने हुँदा राहत मिल्ने छ । भाग्यहिनताका कारण मेहनत धेरै तर प्रतिफल कम प्राप्त हुने छ । शेयर क्षेत्रमा धेरै उत्साही हुने अवस्था देखिँदैन् । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement