नबिल ब्यालेन्स्ड फण्ड २ र इक्वीटी फण्डका इकाईधनीलाई प्रतिफल दिन असोज ११ गते बुक क्लोज

Advertisement

काठमाडौँ । नबिल म्युचुअल फण्ड अन्तरगत सञ्चालित योजनाहरुको प्रतिफल वितरण गर्ने प्रयोजनका लागि असोज ११ गते १ दिनको लागि इकाईधनी दर्ता किताब बन्द गरिने भएको छ । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आज सूचना प्रकाशित गरी बुक क्लोजको मिति तय गरेको कम्पनी सचिव सुदीप लिवीले जनाएका छन् ।
 
नबिल इन्भेष्टमेन्टको भदौ २२ गतेको बैठकबाट नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डको आव २०७७/७८ को नाफाबाट इकाईधनीहरुलाई क्रमशः ३५ प्रतिशत र ४० प्रतिशत(करसहित) प्रतिशत दिने निर्णय भइसकेको कम्पनी सचिव लिवीले बताए । 
 

Advertisement

Advertisement

Advertisement