सत्तामा पुगेका भोका जुका देख्दा लाज लाग्छ, बाउ, श्रीमती, गलत समाचार छाप्नेलाई विभुषित गर्ने ?

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तामा पुगेका भोका जुका देख्दा आफूलाई लाज लागेको बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले आफ्नो बाबु, श्रीमती, गलत समाचार लेख्नेलाई मानपदवीबाट विभुषित गरिएको भन्दै आलोचना गरे । 

राष्ट्रले दिने मानपदवी र पदक पाउनेको नाम सुन्दा पदक नै लजाइराखेको उनले टिप्पणी गरे । ओलीले शासनमा पुग्नेहरुलाई लालची, भोका र अतृप्त भन्दै बाउ, श्रीमती र छोरा छोरीलाई पदक बाँडेको उदाहरण दिए । 

Advertisement

उनले भने, ‘श्रीमतीलाई सम्मान, सुपुत्र, सुपुत्रीलाई सम्मान, कस्ता भोका शासनमा पुगेका छन्, कस्तो लालसा, कस्तो भोक, कस्तो अतृप्ती हो यो रु’ भाषणमा केही चाँहिदैन भन्ने र व्यवहारमा केही नछाड्ने प्रवृत्ति देखिएको ओलीको भनाई थियो । 

आफू नेतृत्वको सरकारको विरोध गर्ने, मिडियाका मालिक र पत्रकारलाई अहिलेको सरकारले विभूषण प्रदान गरेको भन्दै ओलीले भने, ‘अघिल्लो सरकार। जो लोकप्रिय सरकार थियो, जो विकासप्रेमी सरकार थियो। सुशासनका लागि लड्थ्यो। त्यो सरकारको विपक्षमा खोइरो खनेर निराधार एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठिक, बेठिक समाचार दिएर देशलाई भड्खालामा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका मालिकहरू ठूला ठूला पदकहरूबाट विभुषित भए ।’

कमसेकम खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा र पत्रकारिकताको पक्षमा लेख्ने र पत्रकारिताको धर्म निर्वाह गर्ने पत्रकारलाई सम्मान गरेको भए हुन्थ्यो भन्दै उनले थपे, ‘जे पायो त्यही विषयमा मुद्दा हाल्ने, जे पायो त्यही बोल्ने, झगडीयाहरू सम्मान ? दुई चार जना छुटेको जस्तो लाग्यो तर नाम भन्दिनँ ।’

अदालत र न्यायाधीशको पनि चर्को आलोचना गर्न भ्याएका ओलीले भने, ‘मुद्दा जिताइदिने हराइदिने, आँखामा पट्टी बाँध्ने । आँखामा पट्टी बाँधे पनि तराजु त छामे पनि देखिन्थ्यो नि । यो सबैका लागि लज्जाजनक विषय हो। इतिहासले यसको निर्मम मूल्याङ्कन गर्नेछ।’

राष्ट्रले दिने मानपदवी र पदक पाउनेको नाम सुन्दा पदक नै लजाइराखेको उनले टिप्पणी गरे । ओलीले शासनमा पुग्नेहरुलाई लालची, भोका र अतृप्त भन्दै बाउ, श्रीमती र छोरा छोरीलाई पदक बाँडेको उदाहरण दिए । 

उनले भने, ‘श्रीमतीलाई सम्मान, सुपुत्र, सुपुत्रीलाई सम्मान, कस्ता भोका शासनमा पुगेका छन्, कस्तो लालसा, कस्तो भोक, कस्तो अतृप्ती हो यो ?’ भाषणमा केही चाँहिदैन भन्ने र व्यवहारमा केही नछाड्ने प्रवृत्ति देखिएको ओलीको भनाई थियो । 

Advertisement

Advertisement