भोलि देशभर इन्टरनेट र केवलको लाइन काट्छौंः प्राधिकरण, काटोस ! पैसा तिरिन्नः आइस्पान

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले गाडेका पोलहरू प्रयोग गरेवापत दिनुपर्ने रकम शुक्रबार (आज)सम्म नदिए भोलि देशभर केवल टिभी सञ्चालक र इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने बताएको छ । 

प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले पैसा तिर्न पर्याप्त समय दिएको भन्दै उनीहरू आन्दोलन गरे पनि लाइन काट्न पछि नहट्ने स्पष्ट पारेका छन् । उनले भने, ‘हामी लाइट काट्छौं । देशभरी प्रत्येक एरियामा प्रत्येक आईएसपी (इन्टरनेट सेवा प्रदायक)को एक–एक लाइन काट्नु भनेर इन्स्ट्रक्शन दिइसकेका छौं ।’ 

Advertisement

उनले थपे, ‘अर्काको पोलमा अनुमति नदिइकन तार तानेको छ । कति नातेको छ । रेकर्ड पनि छैन् । पैसा पनि तिरेको छैन् चार बर्षदेखि ।’ २०७३ अघिसम्म पोलको भाडा तिर्दै आए पनि त्यसपछि किलोमिटर अनुसार शुल्क तोकिएपछि उनीहरूले तिर्न छोडेको सिलवालले जानकारी दिए । 

केवल तथा इन्टरनेट सेवा प्रदायकले आन्दोलन गरे पनि तार काट्ने काम नरोकिने भन्दै सिलयालले भने, ‘आन्दोलन गर्न दिनुस । लाइन काट्ने काम रोकिन्न । आफै अनुमति नलिई भटाभट लाइन तान्ने फेरि आन्दोलन गर्ने ?’

प्राधिकरणले तोकेको नयाँ भाडादर अनुसार ग्रामीण क्षेत्रमा फाइबर लाइनको सात हजार रुपियाँ प्रतिकिलोमिटर प्रतिबर्ष भाडा कायम गरिएको छ भने शहरी क्षेत्रमा ४९ कोरभन्दा माथिको फाइबर लाइनलाई १९ हजार रुपियाँ प्रतिकिलोमिटर प्रति बर्ष, २५ देखि ४८ कोरसम्मको फाइबरलाई १५ हजार र २४ कोरसम्मको लागि नौ हजार रुपियाँ भाडा कायम गरिएको छ । 

लाइन काटोस, पैसा तिरिन्नः आइस्पान
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानका अध्यक्ष सुधिर पराजुलीले पैसा तिर्नसक्ने अवस्था नरहेको बताउँदै लाइन काट्ने नै भए काटोस भने । प्राधिकरणले पोलको भाडा निकै बढाएकाले यसअघि नै तिर्ननसक्ने नसक्ने कुरा जानकारी गराइसक्किएको उनले बताए । 

यस विषयमा नेपाल दूरसञ्चार प्राधिकरण र सुचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग कुरा भइरहेको र प्राधिकरणले ‘हामी समस्या समाधान गछौं’ भनेको पराजुलीले जानकारी दिए । उनले भने, ‘पोलको पैसा तिर्नुपर्ने हो भने भाउ बढाउँछौं भन्दा एटीएले भाउ बढाउन पाउँदैनौ, पर्ख विद्युत प्राधिकरणको विवाद हामी मिलाउँछौं भनेको छ । हामी त्यही प्रतिक्षामा छौं ।’

प्राधिकरणले एकपक्षीय रुपमा पोलको भाडा तिर्न सुचना निकालेको निकाल्यै छ भन्दै उनले त्यसै नै न्यून मार्जिन (नाफा)मा काम गर्नु परेको अवस्थामा प्राधिकरणको पोल प्रयोग गरेवापत माटो रकम भाडा तिर्नुपर्ने अवस्था आयो भने कुनै पनि आईएसपीले सेवा दिन नसक्ने अवस्था आउने बताए । दूरसञ्चार प्राधिकरण इन्टरनेटको भाउ बढाउन नदिने बरु पोलको भाउ खटाउने पहलमा रहेको छ ।  

Advertisement

Advertisement