खुल्ने र बन्द हुँदै आएको तातोपानी नाका पुनः सञ्चालनमा

Advertisement

सिन्धुपाल्चोक । नेपालमा २०७२ वैशाखको भूकम्पपछि नियमित रूपमा सञ्चालनमा आउन नसकेको तातोपानी नाका छोटो समय खुलेर लामो समयसम्म बन्द हुने क्रम बढेको छ । पछिल्लोपटक १९ दिनपछि यो नाका फेरि सुचारु भएको छ । निर्माणका लागि बन्द भएको नेपाल–चीन बीचको प्रमुख नाका मंगलबारबाट सुचारू भएको हो ।

भूकम्पपछि क्षति पुगेर अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलको पुनर्निर्माणपछि मंगलबारदेखि फेरि सञ्चालनमा आएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ । भोटेकोशी बाढीलगायतले पुलमा क्षति गराएका कारण मर्मतका लागि भन्दै नाका १९ दिन देखि बन्द थियो । सीमामा रहेको मितेरी पुल पुनर्निर्माणका लागि भन्दै चिनियाँ पक्षले जनवरी २१ देखि नाका बन्द गरेको हो ।

Advertisement

बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माणको काम सम्पन्न भएकाले मंगलबारबाट सामान आउन थालेको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनले स्याउलगायतका फलफूल नेपालतर्फ भित्र्याउँदै नाका पुनः सञ्चालन भएको बताए ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement