खाद्य कम्पनीले शुक्रबारबाट खसीबोका बेच्न सुरु गर्ने

Advertisement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आउँदो असोज २२ देखि खसीबोका बिक्री सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि दुई हजार खसीबोका काठमाडौं ल्याउने भएको छ । 

गत वर्ष एक हजार खसीबोका र एक हजार च्याङ्‍ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष दुई हजार खसीबोका मात्रै बिक्री गर्न लागेको हो ।  

Advertisement

कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने मूल्यभन्दा प्रति किलो १० रुपियाँ घटाएर खसीबोका बिक्री गर्ने गरेको थियो । कम्पनीकी प्रमुख सूचना अधिकृत शर्मिला न्यौपाने यस बर्षका लागि हालसम्म बजार मूल्य निर्धारण नभइसकेको बताइन् । 

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइए पनि मूल्य अत्याधिक बढेको भन्दै खसीबोका मात्रै बिक्री गर्न लागेको हो । 

कम्पनीले दाङको तुलसीपुरबाट आठ सय र हेटौंडाबाट १२ सय खसीबोका ल्याउन लागेको हो । 

Advertisement

Advertisement