दोहा जान लागेको जहाजमा अनधिकृत व्यक्ति भेटिएपछि निगमले भन्यो– अब यस्तो हुन दिन्नौं

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको दोहा जान लागेको जहाजमा गएको सोमबार अनधिकृत व्यक्ति भेटिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

निगमले अब त्यस्तो घटना दोहोरिन नदिने प्रतिवद्धता जनाएको छ । नेपाल वायुसेवाको ए ३३० जहाजमा अनधिकृत व्यक्ति फेला परेको थियो । उक्त घटनालाई आफूले गम्भीरतापूर्वक लिएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमाण्डरलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ । 

Advertisement

साथै, उक्त घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्नको निम्ति निगम नायव महाप्रबन्धकको संयोजकत्वमा शुक्रबारभित्र प्रतिवेदन पेश गर्ने गरी एक उच्चस्तरीय छानबिन उपसमिति समेत गठन गरी छानविन अगाडि बढाइएको जानकारी दिइएको छ । 

Advertisement

Advertisement