सिंगापुरबाट इन्जिनियरिङ सकेर नेपाल फर्केपछि फोर्ब्समा अटाएकी काजोल

Advertisement

काठमाडौं । जेठ ३ गते काजोल सेठिया तारा एयरलाइन्सबाट लुक्ला जाँदै थिइन् । उनको ७ः२५ को फ्लाइट थियो । उनी बिहान सबेरै उठेर एयरपोर्ट हानिइन् । 

फ्लाइट केहीबेर डिले भयो । एयरलाइन्सको एनाउन्समेन्ट पछि उनी रन–वे तर्फ लागिन् । उनी प्लेनको सबैभन्दा अन्तिम सिटमा बसिन् । एयर होस्टेसले मोबाइलको फोन अफ गर्न आह्वान गरेपछि उनले एक पटक हेरिन् । 

Advertisement

ह्वाट्स एप ग्रुपमा धेरैले बधाई दिएका रहेछन् । के रहेछ भनेर हेर्दा काजोलको नाम फोरब्सको ३० वर्ष मुनिका ३० जनामा परेको रहेछ । 

‘एकछिन म छागाँबाट खसे जस्तो भएँ, प्लेन धावन मार्गमा गुड्न लाग्दै थियो । हतार–हतार मम्मीलाई फोन गरे । मम्मीले ‘हम बोला था ना, तुम्हारा हो जाएगा’ भन्नु भयो । त्यसपछि फोन राखे । प्लेन लुक्लातर्फ लाग्यो । 

उनको यो प्रगतीको मूल कारण हो उनको कम्पनी ‘भेगन डेरी नेपाल’ । उनको कम्पनीले जनावर रहित खाद्य बस्तु जस्तै दूध, दही, बटर, सप्लिमेन्ट लगायत उत्पादन गर्छ । 

उनको उत्पादन नेपालको हिमाली भू–भाग, काठमाडौं, चितवन, बुटवल, बिराटनगर, पोखरालगायतका ठाउँमा जान्छ ।

null

हरेक महिना १०–१५ प्रतिशत सेल्स बढीरहेको उनी बताउँछिन् । उनको कम्पनीमा हाल १२ जनाले रोजगारी पनि पाइरहेका छन् । यी उत्पादन बेचेर उनले लगानीको करिव २० प्रतिशत मुनाफा पनि कमाउँछिन् । 

उनको कम्पनी सुरु गर्ने सोच र बजार बिस्तारबारे बुझ्न हामी ४ वर्ष पछाडि फर्किनु पर्छ ।

व्यापारिक परिवारमा जन्मिएकी काजोल विज्ञान संकायमा प्लस टु सकेर इन्जिनियरिङ पढ्न सिङ्गापुर गइन् । माडवारी परिवारकी उनी शाकाहारी त पहिल्यैदेखि हुन्, तर भेगनन भनेको के हो भन्ने कुरा चाही सिङ्गापुरमै गएर थाहा पाइन् । 

उनलाई पनि भेगन बन्न मन लाग्यो र २०१५ देखि भेगन बनिन् । उनी बिदा हुने बित्तिकै नेपाल आउथिन् । काजोलले इन्जिनियरिङ सकेर संसारकै प्रतिस्ठित कम्पनी रोल्स रोयल्समा पनि काम गरिन् । 

२०१८ मा २ महिनाका लागि नेपाल आइन् । उनी नेपाल आएको १ हप्तामै कसैले जनावर माथी हिंसा गरेको कारण विरोध प्रर्दशनी भइरहेको थियो । उनी त्यो प्रदर्शनीमा सरिक भइन् । त्यहाँ उनले केही नेपाली भेगनहरुलाई साथी बनाईन् । 

काजोलले २÷३ दिन पछि ती साथीहरुलाई आफ्नै घरमा बोलाइन् । काजोलकी आमाले उनीहरुलाई ‘सोया मिल्क’  बनाएर खुवाइन् । त्यो सोया मिल्क उनीहरुले सारै मन पराए । 

‘ती साथीहरुलाई सोया मिल्क सारै मन परेछ । २÷३ दिनपछि उहाँहरु मेरो घर आउँदा हामीलाई फेरी सोया मिल्क चाहियो । सधै त्यत्तीकै लैजान हुँदैन बरु बेच्नेगरी पनि बनाउनुस् न भन्नु भयो,’ काजोलले भनिन् । 

साथीहरुको यो कुराले काजोललाई आफ्नो आमाको लागि बिजनेश सुरु गरिदिने आइडिया फुर्यो ।त्यसपछि सुरु भयो ‘भेगन डेरी नेपाल’ । उनले भिगनका विभिन्न खाद्य बस्तु उत्पादन गर्न थालिन् ।

सुरुमा उनले सोया मिल्क, सोया, दही, आल्मण्ड मिल्क लगायत बनाउन थालिन्।  ब्यापार बढ्दै गयो । उनको उत्पादनको माग देशभरबाट आउन थाल्यो । उत्पादन बढाउँदै लगिन् । अहिले त उनले भारतबाटै प्याकेजिङ गरेर नेपाल ल्याउँछिन् । उनले उत्पादन थपिरहेकी पनि छिन् । 

null

सुरुमा २ महिनाको लागि नेपाल आएकी काजोल ब्यापार बढेपछि सिङ्गापुर नफर्किने निणर्यमा पुगिन् । उनले यो काम सरु गर्दा सिंगापुर छोडेर नेपाल नआउ भन्ने पनि थिए ।

सिंगापुरको कमाईको तुलनामा यहाँ कमाई निकै कम भएपनि एउटा जनावरले भनेपनि दुःख पाउदैँन भन्ने उनको सोचाई थियो । फोर्ब्समा नाम आएपछि उनको हौसला झनै बढेको छ । 

अब उनी नेपालमै एउटा राम्रो फ्याक्ट्री सेटअप गर्ने योजनामा छिन् । 

‘अहिले भारतमा उत्पादन र प्याकेजिङ गरेर ल्याइरहेको छु । क्वान्टिटी पुग्न थाल्यो भने नेपालमै फ्याक्ट्री सेटअप गर्छु र अरु धेरै जनालाई रोजगारी पनि दिन्छु । 

Advertisement

Advertisement