वसन्त ऋतृमा ६ सय जनाले गरे सगरमाथाको सफल आरोहण

Advertisement

काठमाडौं । यस वसन्त ऋतृमा आरोहण दलका सदस्य तथा क्लाइम्बिङ गाईड गरी ६ सय जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । 

पर्यटन विभागको प्रारम्भिक तथ्याङ्क अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा मृत्यु र वेपत्ता भएका आरोहीहरू ८ जना छन् भने १ जना आरोहीको ल्होत्से आरोहणका क्रममा तेस्रो सिविरमा ज्यान गएको विभागले जनाएको छ । 

Advertisement

वसन्त ऋतृका लागि सगरमाथा लगायत ३० वटा हिमालका लागि आरोहण अनुमति दिइएको थियो । एक हजार २ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका मध्ये ७ सय ९२ जना पुरुष र २ सय १० जना महिला रहेका छन् । 

सगरमाथाका लागि मात्र ४ सय २१ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट सरकारले ६८ करोड ९९ लाख ७५ हजार ३ सय ११ रुपियाँ रोयाल्टी संकलन गरेको छ ।  

Advertisement

Advertisement