जीवन बीमा कम्पनीहरुले उठाए एक खर्ब २१ अर्ब बीमाशुल्क, कुन कम्पनीको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०-८१ को १० महिनामा ठूला र साना जीवन बीमा कम्पनीहरुले एक खर्ब २१ अर्ब ४६ करोड १४ लाख ७३ हजार रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 

प्राधिकरणको तथ्याङ्क अनुसार २४ अर्ब ३३ करोड ५५ लाख ९८ रुपैयाँ नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) रहेको छ । अहिले कम्पनीहरुमा एक करोड ४१ लाख ९४ हजार ४९० को संख्यामा बीमालेख सक्रिय छन् । 

Advertisement

हाल नेपालमा १४ ठूला र तीन वटा साना (लघु) जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरुले बैशाख महिनामा मात्रै ११ अर्ब २९ करोड ९८ लाख ६४ हजार रुपियाँ बराबरको चार लाख ५७ हजार ९५८ वटा बीमालेख बिक्री गरेका छन् । 

समीक्षा अवधिमा ठूला बीमा कम्पनीहरुले मात्रै दुई खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाईफ इन्स्योरेन्सले संकलन गरेको छ । तथ्यांकअनुसार बैशाख मसान्तसम्म उक्त कम्पनीले ३२ अर्ब ३८ करोड १६ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ ।

दोस्रो स्थानमा भने नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको एलआईसी नेपालले १३ अर्ब २३ करोड ५९ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ । 

समीक्षा अवधिमा तीन लघुबीमा कम्पनीले भने १० करोड १९ लाख ५४ हजार रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । क्रेष्ट माइक्रो लाइफले ६ करोड ३३ लाख रुपियाँ, गार्डियन माइक्रो लाईफले दुई करोड ४७ लाख र लिवर्टी माईक्रो लाइफले एक करोड ३७ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले ५२ हजार ९९० वटा बीमापोलिसी बिक्री गरेका छन् ।

कुन कम्पनीले कति उठाए बीमा शुल्क ?
undefined

 


 

Advertisement

Advertisement