जोन डियर ट्रयाक्टर नेपाली बजारमा भित्रिएको २० वर्ष पूरा

Advertisement

काठमाडौँ । एमभि दुगड ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डियर इण्डिया प्रालिको शक्तिशाली ट्रयाक्टर जोन डियर नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।  यसै सन्दर्भमा चन्द्रागिरि हिल्स काठमाडाँैमा सहयात्राको २०औं वर्ष मनाएको हो । 

उक्त समारोहमा ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालिका १५० जना भन्दा बढी कर्मचारीहरु तथा जोन डियर इण्डिया प्रालिका सेल्स एण्ड मार्केटिङ निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदि को उपस्थीति रहेको थियो । 

Advertisement

दुई दिनसम्म चलेको उक्त कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डियरसंगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको र शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको बताए । 

उपाध्यक्ष विवेक दुगडले यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशै भर पैmलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताए ।  

जोन डीयर इण्डीयाका सेल्स एण्ड मार्केटिङ निर्देशक शाहले नेपालकै प्रतिष्ठित र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घरानासंगको २० औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको बताए । 

कार्यक्रममा ग्रुपमा लामो समय देखि सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ठ कर्मचारीहरुलाई पनि अवार्ड वितरण गरि हौसला प्रदान गरिएको पीआर हेड बिमला थापाले बताइन् । 


 

Advertisement

Advertisement