भाटभटेनीका मालिकद्धारा बाढी पीडितलाई एक करोड ११ लाख नगद र ८० को खाद्यान्न सहयोग

Advertisement

काठमाडौं । भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले सरकारलाई विपद्‍बाट प्रभावितहरुका लागि एक करोड ११ लाख ११ हजार १११ रूपियाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।

उनले प्रधानमन्त्री केपी ओलीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले उक्त चेक गृहमन्त्री रमेश लेखकलाई बुझाए ।

Advertisement

अविरल वर्षापछि देशभर १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । अझै ३५ जना बढी बेपत्ता छन् । अर्बौं रूपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व भएको गुरुङको भनाइ छ ।

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माण गर्न ४१ करोड रूपियाँ बराबरको सहयोग गरेका थिए । 

Advertisement

Advertisement