आजदेखि एक हप्तासम्म काठमाडौंका यी स्थानमा विदयुत् आपूर्ति अवरुद्ध हुने

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि एक हप्तासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गरिने जनाएको छ । 

Advertisement

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) अवरुद्ध हुनेछ । 

आज बलम्बु फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा ११ बजेदेखि ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । सोमबार र मंगलबार पनि कलंकी, थानकोट र बलम्बु फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा बिजुली हुनेछैन । 

त्यसैगरी, बुधबार (१६ गते) कलंकी क्षेत्र, बिहीबार कलंकीदेखि सतुंगलसम्म, शुक्रबार मीनभवन र तीनकुने पुल क्षेत्र र शनिबार बौद्ध क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 

साथै, मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्ति नियमित हुने पनि प्राधिकरणको भनाइ छ । 

undefined

Advertisement

Advertisement