बीमा समितिका अध्यक्षले नै कुरा बुझेनन्, बीमा निर्देशिका खारेज नगरे जान्दोलनमा जान्छौंः सिंह

Advertisement

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बीमा समितिले चलनचल्तीको दर रेटविपरित निर्देशिका निकालेको र त्यसको मारमा सबै निर्माण व्यवसायी परेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यस्तो समस्या सिर्जना हुनुको पछाडी बीमा समितिका अध्यक्ष सूर्य सिलवालले रहेको बताउँदै उनले बीमा नै नबुझेका कारण यस्तो समस्या आएको तर्क गरे । 

Advertisement

सिंहले एक दुई पटक बीमा समितिले आफूले गरेको गल्ती सुधार गर्ला कि भन्ने लागेको, तर पनि त्यस्तो केही पनि चासो नदिइएको बताए । अहिले देशभर धेरै निर्माण व्यवसायीले ठूलो संख्यामा बीमा गरेको भन्दै उनले बीमा समितिले बजारको मागलाई अलिकति पनि सम्बोधन नगरी एकलौटी हिसाबले शुल्क बढाउने कुरालाई मात्रै प्राथमिकतामा राख्नु दुखदायी भएको बताए । 

दुई महिनाअघि बीमा समितिविरुद्ध आफूहरुले प्रदर्शन गरेको र सो समयमा समिति सकारात्मक देखिए पनि अहिलेसम्म समस्या समाधान  गर्न समिति मुकदर्शक बनेको भन्दै अध्यक्ष सिंहले बीमा समितिले जारी गरेको शुल्क वृद्धिसम्वन्धी निर्देशिका खारेज गर्नुको विकल्प नरहेको बताए । 

उनले भने, ‘सबैभन्दा समस्या नै अहिले बीमा समितिका अध्यक्ष सूर्य सूलवाल बनेका छन् । प्रिमियम पाँच सय गुणा बढेको छ । बीमा कम्पनीहरुले दिने दाबी धेरै घटेको छ । सिलवालको मिलेमतोमा सबै काम भएको हो । उहाँ नै यसको जिम्मेवार मान्छे हो । सबैभन्दा खराब मान्छे हो ।’ 

सिंहले थपे, ‘हाम्रो मागलाई मन्त्रालयले पनि सहजीकरण गर्न खोजकोे थियो । तर त्यसमा केही पनि टुंगो लागेन । टुंगो लागेको छैन भनेर हामी चुपचाप चाहीं बस्दैनौ । बीमा समितिले त्यस्तो निर्देशिका खारेज गर्नुको विकल्प छैन् ।’ बीमा समितिको निर्णयले आम सर्वसाधारणलाई ठूलो असर पर्ने उनको भनाई छ । 

व्यसाय बढाउने उद्देश्यले चार वटा बीमा कम्पनीलाई मात्रै फाइदा हुने निर्णय गरिएको सिंहको आरोप छ । उनले यस्तो अवैधानिक निर्णय गरेर यसलाई लागू गर्छु भन्ने अधिकार बीमा समितिलाई पनि नरहेको बताए । 
 
बीमा समितिले पनि दर रेट तोक्दा सरकार र व्यसायीलाई सधैं सुन्नु पर्छ भन्दै सिंहले भने, ‘बीमा हामी व्यवसायीले गर्ने हो । बीमा समितिले हाम्रै विपक्षमा बीमा निर्देशिका जारी गर्छ भने त्यसमा सहमति जुट्ने कुरा नै हुँदैन । सरकारले तोकेको न्यूनतम मूल्य मान्नलाई बीमा समिति तयार छैन् । हामीले व्यवसायीको हित नहुने निर्देशिका खारेज नै गराउँछौं । खारेज हुनुको विकल्प पनि छैन ।’ 

बीमा समितिले कुरा बुझेन भने जानुको विकल्प नरहेको सिंहले बताए । समितिले भने निर्माण व्यवसायमा हुने जोखिमको दायरा बढाउन पुनर्बीमामा समेट्न उद्देश्यले बीमाशुल्कमा धेरै वृद्धि गरिएको भन्दै यो निर्माण व्यवसायीकै हितमा रहेको बताउँदै आएको छ । 

Advertisement

Advertisement