सूर्यकुण्ड हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Advertisement

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । 

प्रतिकित्ता १०० रूपियाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

Advertisement

उक्त सम्झौता-पत्रमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको घ्याङफेदी स्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरी ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

आयोजनाको निर्माण कार्य करिव ७० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत शेयर लगानी रहेको छ । 

आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ केभि डबल सर्किट ट्रान्समिसन लाईन मार्फत ८ किलोमिटर लामो समुन्द्रटार सवस्टेशनमा जडान गरिने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement