शेयर बजारमा सुधारः ३ अर्ब १५ करोडको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार उचालिएसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.२६ अंकले बढेको हो । ०.४२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९७४.५० अंकमा पुगेको छ । 

Advertisement

समग्रमा बजार बढे पनि वित्त, होटल र लघुवित्त समूह क्रमशः ०.८६, २.४० र १.३५ प्रतिशतले घटेका छन् । बाँकी अरुमा हरियाली छाएको छ । निर्जीवन बीमा समूूह सबैभन्दा बढी २.६४ प्रतिशतले बढेको छ । 

आज ३११ कम्पनीका ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हूँदा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १ सय ६८.४३ रुपियाँ बराबरको कारोबार भएको छ । 

सिर्जनशील लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.४४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सांग्रिला डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ५० लाख ६० हजार ७ सय १.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement