काठमाडौँ । वाणिज्य बैंकहरुमा गतसाता निक्षेप स्थिर रहँदा कर्जा लगानी २ अर्बले बढेको छ ।
नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा गत साता (भदौ १० गतेसम्म) कूल निक्षेप ४४ खर्ब २६ अर्ब रहेको छ । भदौ महिनाको ३ गतेसम्म पनि निक्षेप त्यत्तिनै रहेको थियो ।
साउन महिनामा कूल निक्षेप १ खर्ब ८ अर्ब रुपियाँ घटेर ४४ खर्ब ३३ अर्ब थियो । गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।
संघका अनुसार गत साता (भदौ १० गतेसम्म) कूल कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ८० अर्ब पुगेको छ । भदौ ३ गतेसम्म भने कूल कर्जा लगानी ४१ खर्ब ७८ अर्ब थियो ।
साउन ३१ गतेसम्म कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब पुगेको थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब पुगेको थियो ।