श्रीमतीलाई समानुपातिक सुचीमा राखेका गृहमन्त्री आफू भने सकसमा

Advertisement

काठमाडौं । सत्तारुढ दलहरुबीच गठवन्धन कायम गरेर चुनाव लड्दा पनि गृहमन्त्री बालकृष्ण खाँणलाई जित निकाल्न सकस भएको छ । जारी मतगणनामा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग चुनौतिको सामना गरिरहेका छन् । 

श्रीमती (मञ्जु खाँड)लाई नेपाली कांग्रेसको समानुपातिक सुचीमा राखे पनि आफू भने पराजित हुने संकेत देखिएको हो । पछिल्लो मतपरिणामअनुसार बोहराले २७ हजार ६३१ मत पाएर अग्रता लिँदा खाँणले २७ हजार १५८ मत पाएका छन् । 

Advertisement

करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४७३ मतले पछि परेका हुन् । यो हिसावले चुनाव कस्ले जित्छ ? भनिहाल्नसक्ने अवस्था भने अझै पनि छैन् । 

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले चार हजार ८८६ मतसहित तेस्रो स्थान बनाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारुले तीन हजार २६९ मत पाएका छन् । त्यस्तै, लौरो अभियानका प्रयात बन्जाडेले एक हजार २११ मत पाएका छन् ।

Advertisement