शेयर बजारमा ७१.८ अंकको गिरावटपछि झिनो सुधार, कारोबार रकम भने निराशाजनक

Advertisement

काठमाडौं । लगातार चार दिन घटेको सेयर बजारमा आज पाँचौं दिनमा झिनो सुधार देखिएको छ । 

गत साताको अन्तिम दिन बिहीबारदेखि बजार लगातार ओरालो झरेको थियो । चार दिनमा ७१.८ अंक तल झरेपछि आज नेप्से माथि चढेको हो ।   

Advertisement

नेपाल स्टक एक्सचेञ्च लिमिटेड नेप्सेका अनुसार आज बजार ४.९७ अंकले माथि उक्लिएको हो । ०.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २११६.६५ अंकमा उक्लिएको छ । बजारमा झिनो सुधार देखिएपनि कारोबार रकम भने ह्वात्तै घटेको छ । 

आज २६१ कम्पनीका ५० लाख २४ हजार ३ सय ८१ कित्ता शेयर किनेच हुँदा १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९ सय १६ रुपियाँ बराबरको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज नेपाल बैंक लिमिटेडको उच्च कारोबार भएको छ । उक्त बैंकको ५ करोड ९३ लाख ३९ हजार ४ सय ४४.३० रुपियाँ बराबरको कारोबार भएको हो । 

बजारमा सुधार आएको दिन आज सबैभन्दा बढी आदर्श लघुवित्तका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् भने एनआईबीएल समृद्धि फण्ड २ का लगानीकर्ताहरुले सबैभन्दा बढी ३.७४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

साताको पहिलो दिन आइतबार बजार १४.६८ अंकले घट्दा ३ अर्ब १ करोड ७९ लाख ६३ हजार ९ सय ५६.४७ रुपियाँ, सोमबार ४१.०१ अंकले बजार घट्दा ३ अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २५.९३  रुपियाँ र हिजो मंगलबार १५.७० अंकले बजार घट्दा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६।६१ रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत साताको अन्तिम दिन बिहीबार पनि बजार ०.४१ अंकले तल झर्दा २ अर्ब ८६ करोड ८२ लाख ८ सय ३९.०३ रुपियाँ बराबरको कारोबार भएको थियो ।  

Advertisement