भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेला, सुपथ मूल्यमा अन्तर्राष्ट्रियस्तरका उत्पादन नेपालमै

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेला सुरु भएको छ । सिटिजन फुटवयेरको आयोजनामा बिहीबारबाट सुरु भएको मेलामा ११ वटा ब्राण्डका जुत्ता चप्पलको प्रदर्शनी र बिक्री भइरहेको छ । 

मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो सुजका जुत्ता चप्पल राखिएका छन् । जुत्ता चप्पल उद्योगीहरुले स्वदेशी उत्पादन र ब्राण्डलाई स्थापित गर्न नियमितरुपमा यस्तो मिला आयोजना गर्ने गरेका छन् । 

Advertisement

एउटै छानामुनी ग्राहकहरुले आफ्नो परिवारका साना ठूला सबै सदस्यहरुका लागि आवश्यक जुत्ता चप्पल किन्नसक्ने भएकाले पनि यस मेलामा ग्राहकहरुको आकर्षण बढ्दो रहेको शिखर सुजका सञ्चालक रामकृष्ण प्रसाईंले बताए । 

पछिल्लो समय चिनियाँ जुत्ता चप्पलभन्दा स्वदेशी जुत्ता चप्पलमै ग्राहकहरुको आकर्षण बढ्न थालेको उद्योगीहरुको अनुभव छ । यद्यपि अझै पनि ठूलो मात्रामा विदेशी जुत्ता चप्पल नेपाली बजारमा देखिने गरेको छ । नेपाली व्यवसायी भने अन्तर्राष्ट्रियस्तरका राम्रा र गुणस्तरीय जुत्ता चप्पल आफूहरु नै उत्पादन गर्न सफल भइसकेको भन्दै आयातलाई निरुत्साहित गर्न सरकारले भूमिका खेल्नुपर्ने बताउने गरेका छन् । 

भृकुटीमण्डपमा जारी मेलामा तीन सय देखि १० हजार रुपियाँसम्मका जुत्ता बेच्न राखिएका छन् । उपभोक्ताहरुको आकर्षण पनि राम्रो देखिन्छ । विशेषगरी सार्वजनिक विदाका दिनहरुमा मेलामा ग्राहकको भीड लाग्ने गरेको छ । राम्रो, सस्तो तथा सहज जुत्ता, चप्पलको माग धेरै आउने गरेको व्यवसायीहरुको भनाई छ । 

 

Advertisement