सशस्त्र द्धन्द्धमा बाल सैन्य प्रयोगबारे दाहाल–भट्टराईविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

Advertisement

काठमाडौं । तत्कालीन सशस्त्र विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको भन्दै तत्कालीन नेतृत्वलाई कारवाही गर्न मागसहित सर्वोच्च पुगेका थिए । 

Advertisement

तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए । आफ्नो रिटमा विष्टले तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै कारवाहीको माग गरेका छन् ।

Advertisement