यो हावादारी बजेट हो, अर्थतन्त्रको समस्या चिन्दैनः बिष्णु पौडेल
File Photo

Advertisement

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन् । सोमवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताए । 

पौडेलले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गरे । त्यस्तै देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरु पनि बजेटमा नभएको उनको भनाइ छ । पौडेलले बजेट हावादारी भएको बताए । 

Advertisement

उनले भने, ‘यसले अर्थतन्त्रका समस्या चिनेको पनि छैन । समस्या समाधानका विकल्पहरु, दृष्टिकोणहरु दिन सकेको पनि छैन । स्रोतको प्रश्ताव, अनुमान र खर्चको अनुमान यथार्थपरक पनि छैन । त्यसकारणले यो बजेट कार्यान्वयन हुन्छ कि हुन्न भन्नेकुरामा स्वयं अर्थमन्त्रीजीलाई चिन्ता छैन । सरकारलाई चिन्ता छैन । हामी सबै स्पष्ट छौँ । यो कार्यान्वयन हुने बजेट होइन । चुनौतिको प्रश्न नै भएन नि जुन बजेट कार्यान्वयन हुँदैन यो त स्वयं नै हावादारी बजेट छ ।’

पौडेलले बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सरकारलाई समेत चिन्ता नभएको दावी गरे । 

Advertisement

Advertisement