एकले ल्याएको नीति र बजेट अर्कोले काट्ने गलत परम्पराबाट देश बन्दैन्ः पूर्वअर्थमन्त्री शर्मा

Advertisement

काठमाडौं । माओवादी केन्द्रका सांसद तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्रोत, साधनहरुको व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्र संकुचनमा परेको बताएका छन् । 

बिहीवार संसदमा उनले नेपालमा अर्थतन्त्रमा समस्या आउनुको कारण संरचनागत कमजोरी र संस्थागत असक्षमता भएको बताए । संरचना र संस्थाहरु बलियो बनाउनसके परिणाम निकाल्न सकिने शर्माको भनाई छ । 

Advertisement

उनले भने, ‘अर्थतन्त्रको चुनौतीलाई सामना गर्दै नेपालको द्रुततर आर्थिक विकास कसरी सम्भव छ ? भन्ने प्रश्न नै हो । त्यसकारण हामीसँग भएका पर्याप्त स्रोत, साधनहरु हाम्रो व्यवस्थापकिय कला, क्षमता र हाम्रा कार्यान्वयनका अदक्षताका कारणले आज हामी गरिब, हाम्रो अर्थतन्त्र संकुचनमा पर्नुपरेको कारण हो नै । यद्यपी कोभिड लगायतका विश्वमा चलेका द्वन्दका प्रभावहरु पनि आफ्नो ठाउँमा छन् । तर त्यसको बाबजुद पनि पर्याप्त स्रोत, साधनहरुको सही परिचालन, सही उपभोग, सही व्यवस्थापन गर्ने हाम्रो संरचनागत कमजोरी, हाम्रा संस्थागत असक्षमताका कारणले नै आज हामी समस्याग्रस्त छौँ ।’ 

शर्माले थपे, ‘त्यसअर्थ सबभन्दा पहिला त हाम्रो संरचना र संस्थाहरुलाई बलियो बनाउने प्रश्न नै प्रधान प्रश्न हो । कसरी हाम्रा संरचनाहरु बलिया बनाउन सक्छौँ ? संस्थाहरु बलिया बनाउन सक्छौँ ? भन्ने कुराबाट नै विषयलाई अगाडी बढाउनुपर्छ भन्ने मैले मान्यता राख्दछु । जब ति संरचना र संस्थाहरु बलिया हुन्छन्, त्यसले एउटा परिणाम दिने अवस्था सिर्जना हुनसक्छ ।’

उनले देशलाई समृद्ध बनाउनका लागि दश वटा एजेन्डाहरुमा राष्ट्रिय सहमति गर्नुपर्ने बताए । शर्माले एकले ल्याएको नीति र बजेट अर्कोले काट्ने गलत परम्पराबाट देश अगाडी बढ्न नसक्ने बताए । उनले राष्ट्रिय सहमतीका साथ अगाडी बढ्ने हो भने देशको समृद्धि सम्भव भएको उनले बताए । 

शर्माले भने, ‘म के भन्न चाहान्छु भने नीति, निर्माण गर्नु मात्रै ठूलो कुरा होइन । कार्यान्वयन गर्ने हाम्रो संरचनागत समस्याहरुको सुधार गर्ने कुरा हो । त्यो गर्नका लागि पक्ष र विपक्षको द्वन्द्व आज हामीले जे गरिरहेका छौँ । पक्ष र विपक्षको द्वन्द्वबाट नभएर १० वटा एजेन्डाहरुमा राष्ट्रको सहमती चाहिन्छ । यो सदनको सहमती चाहिन्छ । त्यो सहमती गरेर जाने हो भने हाम्रो देशलाई ५÷१० वर्षमा समृद्ध देश बनाउन सक्छौँ । एकले गरेको राम्रो काम अर्कोले बिरोध गर्ने, एकले ल्याएको नीति अर्काले काट्ने, एकले ल्याएको बजेट अर्काले काट्ने जो परम्परा छ, यो गलत परम्पराबाट देश अगाडी बढ्न सक्दैन । दशवटा मुख्य बुँदाहरुमा सहमती गरेर राष्ट्रिय सहमतीको आधारमा अगाडी जाने संकल्प ग¥यौँ भने हाम्रो देश किन बन्न सक्दैन ? हामी गर्नसक्छौँ । सम्भव छ । सहमतीको प्रक्रियाबाहेक द्वन्द्वको प्रक्रियाबाट राष्ट्र अगाडी बढ्न सक्दैन ।’  

Advertisement

Advertisement