निर्माण व्यवसायीको आन्दोलनमा नेता ज्ञानेन्द्र शाहीको साथ, व्यवसायीको पैसा दिन आग्रह

Advertisement

काठमाडौं । गत बर्षको निर्माण कार्यको अर्बौं रुपियाँ भुक्तानी माग गर्दै सोमबार पनि आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले एक्यवद्धता जनाएका छन् । 

नेपाल निर्माण व्यवसायी महासंघको आव्हानमा आजबाट सुरु भएको दोस्रो चरणको अन्दोलनअन्तर्गत व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुस गरेका थिए ।

Advertisement

महासंघ सचिवालय अनामनगरदेखि संसद भवनसम्म भएको जुलुसपछि आयोजित कोषसभामा शाहीले व्यवसायीहरूको रकम तत्काल भुक्तान गर्न सरकारसँग माग गरे । उनले निर्माण व्यवसायीहरूको रकम भुक्तान हुनुपर्ने विषयमा आफूले संसदमै कुरा उठाइसकेको स्मरण गराउँदै अब अर्थ समितिमा पनि यो विषय प्राथमिकता सहित उठान गर्ने बताए । 

शाहीले भने, ‘सरकारले काम लगाएपछि रकम भुक्तानी गर्नैपर्छ । आफ्नो अधिकार पाउनका लागि निर्माण व्यवसायीहरू सडकमै ओर्लनु राज्यकै कमजोरी हो ।’ निर्माण उद्योगमा धेरै समस्याहरू रहेको स्वीकार गर्दै उनले त्यस्ता समस्या समाधानका लागि सार्वजनिक खरिद ऐनमै संशोधन आवश्यक रहेको बताए । मुलुकको कर्मचारीतन्त्रका कारण पनि निर्माण व्यवसायीहरू मारमा परेको शाहीको भनाई छ । 

महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन शुरु गर्नुपरेको बताए । उनले म्याद थप मात्र समस्याको समाधान होइन भन्दै अध्यक्ष सिंहले म्याद थपसँगै भुक्तानीको व्यवस्था नहुँदा निर्माण उद्योगको समस्या जटिल हुँदै गएको बताए । 

महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताए । महासंघले सरकारसँग नौ सुत्रीय माग अघि सारेको छ । 

Advertisement

Advertisement