‘लुक्ला आउटडोर’को शाखा ठमेलमा खुल्ने

Advertisement

काठमाडौं । नेपाली ब्राण्ड ‘लुक्ला आउटडोर’को मण्डिखाटारस्थित शाखा स्थानान्तरण भई ठमेलमा सञ्चालनमा आउने भएको छ । चार महिला व्यवसायीहरुले सोलुखुम्बुको लुक्लाबाट सुरु गरेको यो ब्राण्डको व्यवसाय पर्यटकीय क्षेत्र ठमेलमा सुरु गर्न लागिएको हो । 

हिमाली संस्कृति र जीवनशैलीसँग जोड्ने भन्दै ‘लुक्ला आउटडोर’ ब्राण्डमा उनीहरुले सुरु गरेको कपडाहरुको पसलको अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने उनीहरुको योजना छ । चार जना महिला व्यवसायी मिलेर यो व्यवसाय सुरु गरेका हुन् । 

Advertisement

यस ब्राण्डकी सहसंस्थापक आङछेची शेर्पाले अहिलेको विषम आर्थिक अवस्थामा ठमेलमा बढी व्यवसाय हुने आशामा आफूहरुले शाखा स्थानान्तरण गर्न लागेको बताइन् । उनले आफूहरुले सन् २०१९ मा ‘लुक्ला आउटडोर’ सञ्चालनमा ल्याएको सुनाइन् । लुक्लामा उनीहरुको पसल निकै लोकप्रिय छ । 

आङछेची शेर्पा, पासाङ माया शेर्पा, अन्जु शेर्पा र विमला शेर्पा मिलेर यो व्यवसाय सुरु गरेका हुन् । आङछेचीले भनिन, ‘हाम्रो पसल हिमाली कला र संस्कृतिसँग जोडिएका सामानहरु राखेका छौं ।’ उनीहरुले पाँच–पाँच लाख रुपियाँ उठाएर सुरुवात गरेको कपडाको व्यवसायमा आफै डिजाइन र उत्पादन गर्छन् । 

Advertisement

Advertisement