लामो कसरतपछि सुपारी, मरिच, केराउ ल्याउन बाटो खुलाइयो, यस्तो छ कानुनी व्यवस्था

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपारी ल्याउने कार्यविधिलाई निरन्तरता दिएको छ । सुपारी आयातसम्बन्धी कार्यविधि २०७८ ले निरन्तरता पाएको हो । 

शुक्रबार उद्योग मन्त्रालयले राजपत्रमा सूचना पठाउँदै आयात खुलाएको हो । सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम सुपारी र मरिचलाई प्रतिबन्ध लगाइएको थियो । 

Advertisement

सोही ऐनको खण्ड ७२, अतिरिक्ताङ्क ३६, मिति २०७९।०५।२१ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकोमा सोही दफाको उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८’ लाई निरन्तरता दिइएको छ ।

यस व्यवस्थाअनुसार आर्थिक बर्ष २०८०–८१ को लागि औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रुपमा केराउ (एचएस कोड ०७१३–१०–००), सुपारी (एचएस कोड ०८०२–८०।–००) र मरिच (सेतो) (एचएस कोड ०९०४–११–२० र मरिच (कालो) (एचएस कोड ०९०४–११–३०) पैठारी गर्न अनुमति दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ । 

राजपत्रमा  उद्योग सचिव मुकुन्द निरौलाले हस्ताक्षर गरेका छन् । सुपारी, केराउ र मरिच आयातका लागि उद्योग विभागले अनौठो कार्यविधि बनाएको छ जसबाट उद्योगीले सास्ती व्यहोर्दै आएका छन् ।

undefined
 

Advertisement

Advertisement