नापतौल मेसिन नराखिकन खनिज दोहन भएको भन्दै विभागले रोक्यो सबै सिमेन्ट उद्योगको उत्खनन्

Advertisement

काठमाडौं । खानी विभागले विना नापजाँच खनिजको प्रयोग गर्ने सबै खाले उद्योगको उत्खननको काम रोकेको छ । कानुनअनुसार तौलपुल नै नराखीकन खानीको दोहन गरेकोले रोक्नुपरेको विभागको तर्क छ । 

खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को देहाय (ङ) बमोजिम खनिज पदार्थ भण्डार गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरु राख्नुपर्ने कानूनी प्रावधान छ ।

Advertisement

सोबमोजिम विभागबाट २०७९ पुस १ गते  र मिति २०५० असार ३ गते ‘उत्खनित खनिजको मापन गर्ने तौल पुलसम्बन्धी’ सार्वजनिक सूचना प्रकाशित गरेको थियो । खानी संचालनमा रहेका कतिपय उत्खनन् अनुमतिपत्र बाहकले उक्त सूचनाबमोजिम उत्खनित वस्तुको परिमाणको नाप गर्ने यथोचित यन्त्र (तौलपुल) जडान गरी सञ्चालनमा रहेको भनी हालसम्म विवरण विभागमा पेश गरेको भन्दै विभागले खानी उत्खनन रोक्ने निर्णय गरेको हो । 

विभागबाट विभिन्न समयमा भएको अनुगमनमा अधिकांश उद्योगले नियम पालना नगरेको विभागका प्रवक्ता मोनिका झाले बताइन । उनले कर्पोरेट नेपालसँग भनिन, ‘विभागले गरेको अनुगमनमा अधिकाँश उद्योगले खानीको नाप नै नराखी अन्दाजमा प्रयोग गर्ने गरेको भेटियो । यसपछि विभागले अनिवार्य तौलपुलको व्यावस्था गर्न निर्णय गरेको हो ।’

यसबारे सिमेन्टहरुको औपचारिक प्रतिक्रिया भने आइसकेको छैन् । 

कानुनअनुसार उत्खनित परिमाणको मापन गर्ने यथोचित यन्त्र खानीहारमा जडानगरी पूर्ण रुपमा संचालनमा आएको जानकारी नगरेसम्म पूर्णरुपमा खानी उत्खनन रोक्न विभागले निर्देशन दिएको छ । विभागले उत्खनन रोक्ने निर्णय कार्तिक २ गते गरेको हो । 

उद्योगीहरुले भने खनिजस्थलमा विद्युत नभएकोले तौलपुल राख्न नसकिएको बताउने गरेका छन् । यसै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका महानिर्देशक समेतलाई दोषी ठहर्दै मुद्दा समेत दायर गरेको थियो । 

undefined

Advertisement

Advertisement