डिजेल र मट्टितेलको मूल्य घट्यो, बढेर आएको पेट्रोल र ग्यासको मूल्य यथावत

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालले पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । 

भारतीय आयल कर्पोरेशनबाट आएको नयाँ खरिद मूल्य अनुसार डिजेलमा ३ रुपियाा ६३ पैसा घटेको र ग्यासमा प्रति सिलिन्डर ९३ रुपियाँ ६० पैसा तथा पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५१ पैसा बढेर आएको थियो । उपोभोक्तालाई मूल्य वृद्धिको भार बढिरहेको भन्दै मन्त्री रिजालले ग्यास र पेट्रोलमा बढेर आएको मूल्य नबढाई यथावत राख्न र डिजेलमा घटेर आएको मूल्य घटाउन निगमलाई निर्देशन दिएका छन् । 

Advertisement

मन्त्रि रिजालको निर्देशन पश्चात आयल निगमले प्रेस बिज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेदेखि लागु हुने गरी भारतबाट आएको नयाँ मूल्यसूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. ४ घटाइएको निगमले जनाएको छ । 

undefined

Advertisement