दशैंअघि निर्माण व्यवसायीलाई छ अर्ब दियौं भनेर प्रचार गरियो, तर अहिलेसम्म दिइएन्ः व्यवसायी

Advertisement

काठमाडौं । सरकारले निर्माण व्यवसायीहरुलाई दशैँअघि नै छ अर्ब रुपियाँ भुक्तानी गर्ने भने पनि अहिलेसम्म भुक्तानी नगरेको निर्माण व्यवसायीहरुले बताएका छन् । 

सरकारले निर्माण व्यवसायीहरुसँग १५–१५ दिनमा व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी गर्ने सम्झौता गरे पनि कार्यान्वयन नगरेको व्यवसायीहरुको गुनासो छ । सरकारले दशैँअघि नै छ अर्ब रुपिया भुक्तानी गर्ने भनेर प्रचार गरे पनि कार्यान्वयन नगरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताए । 

Advertisement

उनले सरकारले बोलपत्र आह्वान गरेर व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी पाउन पनि सडक आन्दोलन गर्नुपर्ने बिडम्बना रहेको बताए । दाहालले सरकारले व्यवसायीहरुसँग भएका सम्झौता समयमा नै कार्यान्वयन गर्न आवश्यक रहेको बताए । 

उनले सरकारले निर्माण व्यवसायीहरुसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा व्यवसायीहरु आर्थिक अभावमा समस्यामा परेको उल्लेख गर्दै सरकारले व्यवसायीहरुको भुक्तानी गर्न नसक्ने अवस्था भए स्पष्ट रुपमा व्यवसायीहरुलाई भन्नुपर्ने बताए । दाहालले निर्माण व्यवसायीहरुले बैंक ग्यारेन्टी राखेर निर्माण सामग्री किन्दा बैंक ग्यारेन्टी जफत हुन थालेको उल्लेख गरे । 

उनले सरकारले सरकारले भुक्तानी नदिएको बैंकको चेक रकम नहुँदा सरकारले नै व्यवसायीहरुलाई जेल हाल्नेसम्मका काम गरेको भन्दै यस्तो कार्य रोक्न माग गरे । दाहालले सरकारले भुक्तानी दिन नसके पनि बैंक ग्यारेन्टी जफत र चेक बाउन्समा व्यवसायीहरुलाई पक्राउ गर्ने काम रोक्न माग गरे । 

उनले सरकारले निर्माण व्यवसायीहरुले निर्माण सामाग्री खरिद गर्न दिएका चेकहरु रोक्नको लागि राष्ट्र बैंकसँग समन्वय गर्न सरकारसँग माग गरे । दाहालले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न नसकेको निर्माण व्यवसायीहरु पुनः सडक आन्दोलनमा आउनुपर्ने वातावरण नबनाउन चेतावनी दिए । 

सरकारले निर्माण व्यवसायीलाई  ५० अर्ब रुपियाँ बराबरको भुक्तानी गर्ने भने पनि अहिलेसम्म बेवास्था गरको छ । दशैँअघि व्यवसायीको छ अर्ब रुपियाँ भुक्तानी दिने अर्थ मन्त्रालयले निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन् । 

Advertisement

Advertisement